मनकारि वडा अध्यक्ष सहनिले गरे जेष्ठ नागरिकलाई सम्मान

मिति: २०२३-०८-०८ , समय : १९:४६:१५ , Ourpardesh

Ourpardesh

विराटनगर । विराटनगर महानगरपालिका वडा न – ६ का वडा अध्यक्ष हरिशचँन्द्र सहनी (अक्षय)ले वडाका सवै भन्दा जेष्ठ नागरिकलाई आज सम्मान गरेको छ । स्थानीय १ सय २ वर्षीय जेष्ठ नागरिक चक्र प्रसाद तिवारीलाई सम्मान गरेको हो ।

वडा अध्यक्ष पदमा अत्याधिक मतका साथ विजय भए देखि नै आफुले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने अध्यक्ष सहनीले आफ्नो वडाका बेसहारा,गरिब तथा पीडितहरुलाई आर्थिक रुपमा नै सहयोग गर्दै आईरहेका छन् ।

 

आज अध्यक्ष सहनिले वडाका जेष्ठ नागरिक तिवारीको घरमै गएर नगद सहित सम्मान गरेको हो । जेष्ठ नागरिक तिवारीलाई वडा अध्यक्ष सहनीले प्रोत्साहन स्वरुप रु २० हजार १सय नगद सहित पौष्टिक युक्त खानेकुरा र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

 

अहोरात्री जनताको कामलाई प्राथमिकता दिएर काम गर्ने सहनीले यस अघि जनप्रतिनिधिका निर्वाचित भए पश्चात नेपाल सरकारबाट पाउँदै आएको सेवा सुविधाबाट वडाका गरिब, दलित, फरक क्षमता भएका व्यक्ति संगै जेहेनदार विधार्थीहरुको हितमा खर्च गर्दे आएका छन्

प्रकाशित मिति: २०२३-०८-०८ , समय : १९:४६:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित