महिला संघको ७७ औं स्थापना दिवसमा मोरङका १३ महिला सम्मानित

मिति: २०२३-०८-१० , समय : १६:२८:४७ , राम प्रेम यादव

राम प्रेम यादव

विराटनगर । नेपाली काग्रेस निकट महिला संघले आफ्ना स्थापना दिवसको अवसरमा १३ जना महिलालाई सम्मान गरेको छ ।

संघले ७७ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा १३ जनालाई सम्मान संगै शुभकामना आदान प्रदान समेत गरेको हो ।

विराटनगर स्थित काग्रेस पार्टीको कार्यालयमा एक कार्यक्रम बिच काग्रेसमा रहेर पार्टी तथा महिलाको हकहितको लागि काम गर्दे आएका महिलाहरुलाई सम्मान गरेको संघका मोरङ अध्यक्ष शान्ता पौडेलले जानकारी दिईन् ।

नेपाल महिला संघको संस्थापक अध्यक्ष महिला नेतृ स्व मंगलादेवी सिंहको स्मरण गर्दे खड्क कुमारी थापा, लिलावती चौधरी, लाल कुमारी तिम्सिना, पदम कुमारी लिम्बु, गीता सिलवाल, तारा सुवाल, वैजनी देवी साह, रुकमणी चौधरी, जरिना खातुन, चमेली देवी दास केवरत, गौरी श्रेष्ठ, चिन्ता देवी कडरिया र भौसी देवी खवासलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल महिला संघ मोरङका अध्यक्ष शान्ता पौडेललेले महिला संघले नेपालका विभिन्न राजनीतिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरी गौरवशाली ऐतिहासिक जिम्मेवारी वहन गर्दैै आएको वक्ताहरुले बताएका छन् ।

प्रजातान्त्रिक, लोकतान्त्रिक तथा गणतान्त्रिक राज्य व्यवस्था एवं मूल्य पद्धतिको स्थापनाको लागि महिला नेतृ स्व मंगलादेवी सिंहको सकृयतामा विस २००४ सालमा नेपाल महिला संघको स्थापना भएको बताईएको छ ।

नेपाली काँग्रेसका सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना)को प्रमुख्य आतिथ्यमा सम्पन भएको सो कार्यक्रममा बिशिष्ठ अथिती नेपाली काँग्रेस केन्दीय सदस्य रुपमणी कोईराला, राष्ट्रिय सभा सदस्य कमला पन्थ, नेपाली काँग्रेस मोरङका सभापती भक्तिनाथ माझी, नेपाली काँग्रेस कोशी प्रदेशका काषध्यक्ष राजेश गुप्ता, कोशी प्रदेश संसद शोभा च्याङजोङ्ग , ईन्दिरी कार्की, दिपक चापागाई, शान्ता रिजाल लगायकतका आ आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०२३-०८-१० , समय : १६:२८:४७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित