समाजसेवी ठाकुर सम्मानित
मिति: २०२३-०९-२० , समय : २१:५७:४५ , ourpradesh
मिति: २०२३-०९-२० , समय : २१:५७:४५ , ourpradesh
ourpradesh
समाजसेवी इन्जिनियर कमलेश्वर ठाकुर सम्मानित भएका छन् । छाता पुजा तथा मेला आयोजक समितिले आयोजना गरेको एक कार्यक्रम बिच ठाकुरलाई सम्मान-पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो। शिक्षा तथा समाजसेवा र कोरोना कालमा आफ्नो र आफ्नो परिवारको पर्वा नगरी समाज र देशका लागि योगदान पुर्याएको मा ठाकुरलाई सम्मान गरिएको आयोजक समितिले जनाएको छ।
मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ५ निवासी ठाकुर बिगत २ दशक देखि मोरङ जिल्लाका विभिन्न क्षेत्रमा शिक्षा तथा समाजसेवा बाट आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका ठाकुरले कोरोनाको महामारीमा मोरङ जिल्लाका विभिन्न स्थानमा खाद्यन्न,औषधि लगायतका सामग्रीहरु विभिन्न दात्री निकाय तथा आफ्नै कमाईको केहि अंशबाट गरिब,असहायहरुलाई वितरण गरेका थिए। हाल रंगेली तथा विराटनगरमा अध्यापन गराईरहेका ठाकुरले आर्थिकस्तर कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराई रहेका छन्।
प्रकाशित मिति: २०२३-०९-२० , समय : २१:५७:४५ , २ वर्ष अगाडि