इंग्ल्याण्डको दोस्रो जीत
च्याम्पियन्स ट्रफीमा स्थान बनाउने सम्भावना
मिति: २०२३-११-०८ , समय : २२:०६:३१ , Our Pradesh
मिति: २०२३-११-०८ , समय : २२:०६:३१ , Our Pradesh
Our Pradesh
पुणे । साबिक विजेता इंग्ल्यान्स ट्रफीमा स्थान बनाउने सम्भावना कायम राखेको छ । बुधबार पुणेमा भएको खेलमा इंग्ल्याण्ड १ सय ६० रनको विशाल अन्तरले पराजित गरेको हो ।
इंग्ल्याण्डले प्रस्तुत गरेको ३ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले ३७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले सार्वधिक ४१ रन बनाए भने कप्तान स्कट एडवार्डस्ले ३८ तथा साईब्रान्ड एन्जेलबर्चले ३३ रनको योगदान दिए ।
इंग्ल्याण्डका लागि मोइन अली र आदिल रसिदले ३–३ विकेट लिए भने डेभिड विलीले दुई तथा क्रिस वोक्सले १ विकेट लिए । यसअघि बेन स्टोक्सको शतकको मद्दतले इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३९ रन बनाएको थियो । ओपनर डेविड मलान रनआउट हुन अघि ७४ बलमा ८७ रनको योगदान दिए । खेलको अन्त्यतिर क्रिस वोक्सले ५१ रनको महत्त्वपूर्ण पाली खेले ।
प्रकाशित मिति: २०२३-११-०८ , समय : २२:०६:३१ , १ वर्ष अगाडि