एस्पायर कलेजका बिद्यार्थीको बाल आश्रममा एक दिन
मिति: २०२३-०३-२६ , समय : ११:१३:१६ , आवर प्रदेश
मिति: २०२३-०३-२६ , समय : ११:१३:१६ , आवर प्रदेश
आवर प्रदेश
बिराटनगर १४ स्थित एस्पायर कलेजका ब्याचलर इन प्रोफेस्नल हस्पिटालिटीमा अधयनरत बिद्यार्थीहरुले पुर्वान्चल बाल सेवा आश्रमका बाल बालिका सग एक दिन कार्यक्रमको आयोजना गरेका छन ।
सो कार्यक्रममा बिद्यार्थीहरु आफैले खाना तयार पारेर आश्रममा दिवा भोजनको आयोजना गरेका थिए । अरबिन्द नायक नेतृत्वको समुहले खाना तयार पारेको थियो भने लिजा खतिवडा नेतृत्वको समुहले मनोरञ्जनका विभिन्न गतिविधिहरु नृत्य , विभिन्न खेलको आयोजना गरेको थियो । सो कार्यक्रमको ब्यबस्थापकका रुपमा सुलभ निरौलाले आफ्नो भुमिका निर्वाह गरेका थिए । सुगन्ध रेग्मीको गायन र सीता ढकालको नृत्यमा आश्रम परिवार झुमिएको थियो ।
उक्त कार्यक्रममा आफ्ना बिचार राख्दै आश्रमकि संरक्षक आमा सीता पोखरेलले मुट्ठी दान बाट सुरु भएको आश्रममा विभिन्न दाताहरुको सहयोगबाट आश्रम बिगत ३० बर्ष देखि अनवरत रुपमा संचालनमा रहेको जान्कारी दिदै अहिलेका पुस्तालाई सेवा भावका काममा लाग्नका लागि अभिप्रेरित गर्दै उत्प्रेरणामुलक भनाइ राख्नु भयो ।
काठमाडौ बिश्वबिद्धालयले बिद्यार्थीलाई सिकाइका लागि यस्तै विभिन्न गतिविधिहरु संचालन गर्ने गर्दछ सोही अनुरुप बिद्यार्थीहरुले आफैले संकलन गरेको रकमबाट आश्रममा आश्रय लिएका बालबालिकाका लागि भोजन गराइएको क्याम्पसका ब्याचलर इन प्रोफेस्नल हस्पिटालिटीका कोअर्डिनेटर शुभम भट्टराईले जानकारी दिनु भयो ।
क्याम्पस प्रमुख सि एम बस्नेतका अनुसार बिद्यार्थीले सामाजिक उत्तरदायीत्व निभाउदै प्रत्यक्ष रुपमा आफै सहभागी भएर यस्ता कार्यक्रमहरु गर्ने गरेको र कार्यक्रम पश्चात् आश्रमका बाल बालिका सग जिवन जिउने कलाका बारेमा सर्भेक्षण गर्दै सो को बिस्तृत प्रतिबेदन समेत क्याम्पसमा बुझाउने छन ।
कार्यक्रम गर्नुको प्रमुख उदेश्य बिद्यार्थी हरु क्याम्पसमा मात्र सिमित नरही बिद्यार्थीको चौतर्फी बिकास र सामाजिक काममा बिद्यार्थीको संलग्नता रहोस र अध्यन पश्चात् पनि बिद्यार्थीहरु आफ्नो क्षेत्रमा काम गर्दा सामाजिक उत्तरदायीत्व बहन गर्न सकुन भन्ने रहेको क्याम्पसका अध्यक्ष विकास अधिकारीले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२३-०३-२६ , समय : ११:१३:१६ , २ वर्ष अगाडि