कार्तिक २५ गते शनिबारको तपाईको दैनिक राशिफल
मिति: २०२३-११-११ , समय : ०७:४२:४६ , Our Pradesh
मिति: २०२३-११-११ , समय : ०७:४२:४६ , Our Pradesh
Our Pradesh
आज मिति वि.सं. २०८० कार्तिक २५ गते शनिबार ई.सं.२०२३ नोभेम्बर ११ नेपाल सम्बत ११४३ कौलागा त्रयोदशी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक कृष्ण त्रयोदशी, चन्द्रमा कन्या राशिमा, चित्रा नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ६: २१ बजे भयो भने सूर्यास्त साँझ ५: १३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । दोधारको अवस्था सिर्जना हुनसक्छ, तथापि पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रेमपात्रसित भेटघाट हुने योग छ, प्रेमभाव बढ्नेछ । स्वास्थ्य अलिक कमजोर भएको अनुभूति हुनसक्छ, आफ्नो ख्याल गर्नुहोस् । रोकिएको काममा सफलता मिल्नेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यस्तता बढ्नेछ । नयाँ कामको प्रस्ताव आउने समय छ, सहयोगीहरू भेटिनेछन् । धन आर्जन होला । भौतिक साधनको खराबीले कार्यमा व्यवधान पुग्न सक्छ, सावधान रहनुहोला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । बोलीको विपरीत अर्थ लाग्नसक्ने समय छ, व्यवहारमा संयमता अपनाउनुहोला । रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम र प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउला । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रचनात्मक काम सुरु गर्ने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिनेछ । तर, काममा आलस्यता र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । हासविलासमा आकर्षण रहनेछ । कलात्मक काममा सफलता मिल्ला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ, यसका बाबजुद जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ भने अध्ययनमा प्रगति हुनेछ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्ने योग छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आय वृद्धि हुने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । तामसिक काममा आकर्षण बढ्नेछ । आरोग्यता रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएको काम बन्ने समय छ । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । ठगीमा परिने समय छ, आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ । सुख-सुविधाको वस्तु खरिदमा खर्च होला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता वृद्धि भएपनि आजको दिन बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ । आर्थिक पक्ष सुदृढ बन्ला । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । परिवारिक सुख बढ्नेछ । इष्टमित्र तपाईंको पक्षमा रहलान् । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन शुभदायी छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने समय छ । मनोरञ्जनपूर्ण रुपले दिन बित्ला । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । दामपत्यसुख बढ्नेछ । आरोग्यता रहला ।
प्रकाशित मिति: २०२३-११-११ , समय : ०७:४२:४६ , १ वर्ष अगाडि