चोप्राहालाई पराजित गर्दै लोहन्द्रा फाइनलमा विजय!
मिति: २०२३-११-१४ , समय : २०:०२:५६ , बिशाल मण्डल
मिति: २०२३-११-१४ , समय : २०:०२:५६ , बिशाल मण्डल
बिशाल मण्डल
चोप्राहालाई पराजित गर्दै लोहन्द्रा फाइनलमा विजय!
रंगेली। सितल युवा क्लबद्वारा आयोजित गरिएको टि-१० को अन्तिम फाईनल खेलमा लोहन्द्राले चोप्राहालाई ५६ रनको अन्तरालमा पराजित गरेको छ।
आजको अन्तिम फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै लोहन्द्राले २ विकेट गुमाएर १२९ रन बनाउन सफल भएका थिए। अक्त टारगेटलाई पछ्याउँदै चोप्राहाले ९ ओवर खेल्दै १० विकेट गुमाएर ७३ रन मात्र जोड्न सके। लोहन्द्राका खेलाडी सचिन मुर्मूलाई राम्रो प्रदर्शनका कारण आजको खेलको उत्कृष्ट खेलाडी घोषित गरियो। उक्त टुर्नामेन्टकै उत्कृष्ट खेलाडीको उपाधि भने चोप्राहाका अविशेक मण्डल प्राप्त गर्न सफल भए। युवा क्लबले आयोजित गरेको उक्त टुर्नामेन्टमा जम्मा १४ वटा क्रिकेट टोली सहभागि भएका थिए।
फाईनल जितेका लोहन्द्रालाई प्रथम पुरस्कार स्वरूप सिल-कप, मेडल र ११००० नगद पुरस्कार बाट पुरस्कृत गरियो भने उप-विजेता भएका चोप्राहालाई सिल-कप, मेडल सहित नगद ७००० प्रदान गरियो।
उक्त टुर्नामेन्टका समापन कार्यक्रमा प्रमुख अतिथिका रूपमा उपमेयर भुमा पराजुली, खेलकुद समाजका अध्यक्ष लय संग्रौला, नेत्र भट्टराई, गान्धिव श्रेष्ठ, राजकुमार कोईराला लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो।
प्रकाशित मिति: २०२३-११-१४ , समय : २०:०२:५६ , १ वर्ष अगाडि