जनमत पार्टीले मधेसका ६ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज

मिति: २०२३-०३-२६ , समय : १३:५५:१८ , आवर प्रदेश

आवर प्रदेश

जनमत पार्टीले मधेसका ६ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ ।

जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिए ।

उनका अनुसार पर्सामा माधवप्रसाद सिंह इञ्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिएका छन् ।

 

यसैगरी रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इञ्चार्ज तोकिएको सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १३:५५:१८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित