आज विश्वकपको सेमिफाइनलमा भारत र न्युजिल्यान्डबीच भिडन्त हुँदै।
मिति: २०२३-११-१५ , समय : ०७:५६:०२ , Our Pradesh
मिति: २०२३-११-१५ , समय : ०७:५६:०२ , Our Pradesh
Our Pradesh
काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज भारत र न्युजिल्यान्डबीच भिडन्त हुने भएको छ । नेपाली समय अनुसार २ः १५ मिनेटमा भारत र न्युजिल्यान्डबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा सुरु हुनेछ ।
आज जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्नेछ । त्यस्तै आजको खेलमा पराजित हुने टोली विश्वकपबाट बाहिरीनेछ । आईसीसी प्रतियोगितामा हालसम्म दुई टोलीबीच १० खेल भएका छन् जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ ।
प्रकाशित मिति: २०२३-११-१५ , समय : ०७:५६:०२ , १ वर्ष अगाडि