कोशीमा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेका छौँ: शेखर कोइराला

मिति: २०२३-११-१८ , समय : ०६:२४:५८ , Our Pradesh

Our Pradesh

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफुहरुले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन् ।

शुक्रबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भईरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउने समेत बताए । उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे । नेता कोइरालाले जनतालाई आशा देखाउने गरी सरकारले काम गर्न नसकेको बताउदै चिन्तित हुनुपर्ने अवस्था भने नआएको जिकिर गरे । उनले गणतन्त्र खराब व्यवस्था नभएपनि राजनैतिक दलका नेताहरुको कारण बद्नाम भएको र जनतामा निराशा छाएको धारणा राखे ।

नेता कोइरालाले मिडियाले सरकारको विरोध गर्ने कार्यलाई सल्लाहका रुपमा लिएर सच्चिदै जानुपर्ने र सरकार प्रमुखबाट बेला बेलामा भईरहेको अभिव्यक्तिले पनि अराजकता निम्तिएको बताए । नेता कोइरालाले अन्य देशहरुको उदाहरण दिदै सामाजिक संजालहरुलाई नियमन गर्नुपर्ने बेला सरकारले टिकटक माथि प्रतिबन्ध लगाउनु ठूलो गल्ती भएको बताए ।

प्रतिक्रिया दिनुहोस

 

प्रकाशित मिति: २०२३-११-१८ , समय : ०६:२४:५८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित