मंसिर ०३ गते आईतबारको तपाईको दैनिक राशिफल
मिति: २०२३-११-१९ , समय : ०६:५७:४२ , Our Pradesh
मिति: २०२३-११-१९ , समय : ०६:५७:४२ , Our Pradesh
Our Pradesh
आज मिति वि.सं. २०८० मंसिर ०३ गते आईतबार ई.सं.२०२३ नोभेम्बर १९ नेपाल सम्बत ११४३ कछलाथ्व षष्ठी, पिङ्गल नाम संवत्सर, सूर्य दक्षिणायणं शरद ऋतु, कार्तिक शुक्ल सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, वृद्घि योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ६: २७ बजे भयो भने सूर्यास्त साँझ ५: १० बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । आर्थिक क्रियाकलापमा पनि सफलता मिल्नेछ भने बोलीको भरमा काम सम्पादन हुन सक्छ । अरूलाई सोचविचार नगरी दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ। सचेत रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको साथ–सहयोग रहनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुने योग छ । विभिन्न सहयोग र उपहार पाइनेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागको भाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउन सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । अनावश्यक भ्रमण हुन सक्छ, यसप्रति सचेत रहनु हितकर हुनेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । परिवारिक सुख बढ्नेछ । ऋण रोग र शत्रु सित लड्ने क्षमता बढ्नेछ । शत्रुपक्ष परास्त होलान् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने समय छ । व्यावसायिक काममा खर्च बढ्ला । आरोग्यता रहनेछ । प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक दृष्टिले समय सुखद रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्या देखापर्ला । तथापि, रोकिएका कतिपय काम बन्नाले उत्साह जाग्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पनि पाइएला । प्रेमभाव बढ्नेछ । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधनसमेत जुट्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्य कमजोर भएको अनुभूति हुन सक्छ, खानपानमा विशेष सावधानी अपनाउनु हितकर होला । व्यस्तता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तजनको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । कृषिसम्बन्धी काममा केही समस्या देखिनेछ, तर पनि मेहनत गर्दा धन आर्जन हुने समय छ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । सुुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । पराक्रम बढ्नेछ । शुभ काममा आकर्षण बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरूका काममा समय बित्न सक्ने सम्भावना भएपनि आजको दिन दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत समेत वृद्धि हुने समय छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला । आरोग्यता रहनेछ । प्रेमभाव बढ्नेछ । यात्राको सम्भावना छ, योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । समयमा होस नपुग्नाले काम रोकिन सक्छ । मिहेनत खेर जान नदिन विशेष प्रयत्न गर्नुपर्नेछ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । तार्किक क्षमता बढ्नेछ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन् । धन आर्जन हुने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सावधान रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्नेछ । परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने केही कमजोरी अनुभव हुन सक्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): सामान्य अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ, तर प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्ने योग छ । अप्रिय समाचार सुन्न सक्नुहुनेछ, सचेत रहनु हितकर होला । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्
प्रतिक्रिया दिनुहोस्
प्रकाशित मिति: २०२३-११-१९ , समय : ०६:५७:४२ , १ वर्ष अगाडि