छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु
मिति: २०२३-०३-२६ , समय : १७:२०:०७ , आवर प्रदेश
मिति: २०२३-०३-२६ , समय : १७:२०:०७ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, १२ चैत। सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ डम्पिङ क्षेत्रमा भेरी नदीबाट ढुङ्गा लिएर जाँदै गरेको भे।१ ख २२०५ नम्बरको टिपर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका(२ बस्ने ३२ वर्षीय उमेश विकको घटनास्थलमै मृत्यु भएको छ ।
कैलाली, मोहन्याल गाउँपालिका-५ तालबन्दमा से।२ त २८५० नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार गौरीगंगा नगरपालिका(७ बस्ने ४५ वर्षीय चक्र जेठाराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०२३-०३-२६ , समय : १७:२०:०७ , २ वर्ष अगाडि