अस्ट्रेलियाविरुद्ध भारतलाई २-० को अग्रता
मिति: २०२३-११-२७ , समय : ०७:३०:२८ , बिशाल मण्डल
मिति: २०२३-११-२७ , समय : ०७:३०:२८ , बिशाल मण्डल
बिशाल मण्डल
ओपनर यशस्वी जयसवाल र इसान किसनको आक्रामक ब्याटिङमा भारतले दोस्रो ट्वान्टी-२० मा आइतबार अस्ट्रेलियालाई सजिलै ४४ रनले हराएको छ । यससँगै भारतले पाँच खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।
जयसवालले २५ बलमा ५३ तथा किसनले ३२ बलमा ५२ रन बनाएपछि पहिले ब्याटिङ गरेको भारतले चार विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।
त्यसपछि स्पिनर रवि बिसनोइ र प्रसिद्ध कृष्णले तीन तीन विकेट लिएपछि अस्ट्रेलियाले नौ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो । अस्ट्रेलिया एक समय चार विकेट गुमाएर ५८ रनको स्थितिमा थियो र पछि मात्र सम्हालिन सकेको हो ।
प्रकाशित मिति: २०२३-११-२७ , समय : ०७:३०:२८ , १ वर्ष अगाडि