विराटनगर मा ठुलो आगलागी, २ को मृत्यु

मिति: २०२३-१२-०६ , समय : १६:२३:५७ , Our Pradesh

Our Pradesh

विराटनगरमा  दिउँसो सात घुम्तीस्थित कवाडी गोदाममा आगलागी भएको हो ।आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । २ जना सख्त घाइते भएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र एकको पहिचान खुल्न सकेको छैन । मण्डलको उपचारका क्रममा र पहिचान नखुलेकाको घटनास्थलमै मृत्यु भएको हो ।

 

घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनीहरुको ८० प्रतिशत शरीर जलेको छ । आगलागी नियन्त्रणमा आइसकेको छ । आगजनीको कारण भने खुल्न बाँकी रहेको दाहालले बताए ।

प्रकाशित मिति: २०२३-१२-०६ , समय : १६:२३:५७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्