एक महिनासम्म निःशुल्क डाटा सुविधा
मिति: २०२३-१२-१० , समय : १७:५४:०५ , Our Pradesh
मिति: २०२३-१२-१० , समय : १७:५४:०५ , Our Pradesh
Our Pradesh
काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकमले भोलि मङ्सिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा पाउने भएका हुन् ।
नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा महिना दिनसम्म यो सुविधा दिएको हो । यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशअनुसार फेरि १ डायल गर्न पर्ने कम्पनीले जनाइएको छ।
प्रकाशित मिति: २०२३-१२-१० , समय : १७:५४:०५ , १ वर्ष अगाडि