इटहरीमा युवती जिस्काएकाे पाेल गाउमा सुनाएपछि रिस पाेख्न साथीकाे आमाकाे हत्या
मिति: २०२३-१२-११ , समय : १७:५३:३२ , Our Pradesh (सुलभ रिजाल)
मिति: २०२३-१२-११ , समय : १७:५३:३२ , Our Pradesh (सुलभ रिजाल)
Our Pradesh (सुलभ रिजाल)
सुनसरीकाे इटहरी १२ खनारस्थित गाउकी एक युवती जिस्काएकाे कुरा ठुलाबढालाइ सुनाएकाे भन्दै त्यसकाे रिस पाेख्न एउटा साथीले अर्काे अर्काे साथीकाे आमाकाे बिभत्य हत्या गरेका छन । इटहरी १२ खनारकी ५० वर्षीया भूमि चौधरीको हत्यामा संलग्न २५ वर्षिय गणेश चाैधरीलाइ इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी आवश्यक कार्वाही अघी बढाएकाे छ ।दिपावलीकाे बेला गणेशले गाउकै एक युवती जिस्काएका थिए । साे कुरा भुमी र उनकाे छाेराले मान्यजनलाइ सुनाइदिएपछि साेहि कुराकाे रिस पाेख्न गणेशसले आफ्नै मिल्ने साथीकाे आमाकाे हत्या गरेकाे प्रहरी अनुशन्धानबाट खुलेकाे छ ।
तिहारकाे अघिल्लाे दिन गणेश र एक समुह बिच सामान्य बिवाद भएकाे थियाे । गणेशले युवती जिस्काएपछि अर्काे समुहसंग झगडा भएकाे भुमी र उनका छाेराले गाउमा सुनाएपछि त्यसैकाे रिसिबी साध्नभुमीकाे हत्या भएकाे प्रहरी अनुशन्धानबाट खुलेकाे छ । घटना प्रकृिती हेर्दा रिसिबी साध्न साथीकाे आमाकाे हत्या गरिएकाे देखियाे इटहरी प्रहरी प्रमुख डिएसपी टेकबहादुर कार्कीले भने । आइतबार काम बिशेषले घरबाट इटहरी आउने क्रममा भुमीलाइ बाटाे ढुकेर बसेका गणेशले छुरा प्रहार गरी हत्या गरेकाे प्रहरी भनाइ छ ।
आइतबार दिउसाे घरबाट बाहिर निस्किएकी भुमीलाइ गणेशले काेखामा छुरा प्रहार गरेका थिए । गम्भिर घाइते बनेकि भुमीकाे उपचारकाे लागि बिराटनगरस्थित अस्पताल लैजाने क्रममा बाटाेमै मृत्यु भएकाे थियाे । छुरा प्रहार गरी फरार रहेका गणेशलाइ आइतबार साझ प्रहरीले खनारकाे भित्रीगाउ बाट पक्राउ गरी आवश्यक कार्वाहि अघी बढाएकाे छ । प्रहरी नियन्त्रणमा रहेका गणेशलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेकाे इटहरी प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: २०२३-१२-११ , समय : १७:५३:३२ , १ वर्ष अगाडि