नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भएको छ।

मिति: २०२३-१२-१४ , समय : २०:०८:४८ , Our Pradesh

Our Pradesh

रंगेली। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भएको छ। संकल्प यात्राका क्रममा धनकुटाका लेगुवान पुगेका ओलीमाथि बिहिबार आक्रमण भएको हो।

मध्य पहाडी संकल्प यात्राको क्रममा भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा फुलमालाले स्वागत गर्ने लाइनमा बसेका महेश राईले आक्रमण गरेको कोशी प्रदेश प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले बताए।

प्रहरीका अनुसार ओलीको टाउकोमा मट्कीले हमला गर्ने प्रयास गरेका हुन् ।

आक्रमण लगत्तै एमाले कार्यकर्ताले राईलाई कुटपिट गरेका थिए। आक्रमणकारी राईले मादक पदार्थ सेवन गरेको पनि खुलेको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको डिआइजी वास्तोलाले वताएका छन्।

प्रकाशित मिति: २०२३-१२-१४ , समय : २०:०८:४८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित