कुवेतका अमिर शेख नवाफको निधनमा आज शोक बिदा

मिति: २०२३-१२-१८ , समय : ०८:४४:११ , Our Pradesh

Our Pradesh

 

सरकारले कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा सोमबार शोक बिदा दिएको छ।

 

शेख नवाफको गत मंसिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो।

उनको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै सोमबार बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ।

 

‘कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८/०९/०१ गते निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: २०२३-१२-१८ , समय : ०८:४४:११ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित