मुम्बईका समर्थकले जलाए आइपीएल जर्सी

मिति: २०२३-१२-१८ , समय : १७:३८:२३ , Our Pradesh

Our Pradesh

इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले रोहित शर्माबाट हार्दिक पाण्ड्यालाई टोलीको कमाण्ड सुम्पेको छ ।

 

 

रोहित शर्मालाई आइपिएलमा सफल कप्तानको रुपमा हेरिन्छ । हिटम्यानको हातबाट मुम्बई इन्डियन्सको कप्तानी लिने निर्णयले रोहित शर्माका फ्यानहरू भने आक्रोशित भएका छन् । आईपीएलका पछिल्ला तीन सिजन मुम्बई इन्डियन्सका लागि निराशाजनक रहे पछि अब हार्दिक पाण्ड्यालाई नयाँ कप्तान बनाएको छ ।

 

तर, मुम्बई इन्डियन्सका फ्यानहरूले हार्दिक पाण्ड्यालाई नयाँ कप्तान बनाएको मन पराएका छैनन् । जसमा धेरै फ्यानहरुले निराशा व्यक्त गरेका छन् । एक फ्यानले आफ्नो क्रोध व्यक्त गर्न मुम्बईको जर्सी नै जलाएको सार्वजनि भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

 

आईपीएलका सबै सिजनमा सबैभन्दा सफल कप्तानको सूचीमा एमएस धोनीको नाम शीर्ष स्थानमा छ र उनीपछि दोस्रो सबैभन्दा सफल कप्तान रोहित शर्मा छन्। अर्कोतर्फ, हार्दिक पाण्ड्याले आफ्नो पहिलो सिजनमा गुजरात टाइटन्सलाई आईपीएल ट्रफी दिलाएका थिए। हार्दिकको नेतृत्वमा गुजरात टाइटन्सले आईपीएल २०२३ को फाइनलमा स्थान बनाएको थियो तर चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो

प्रकाशित मिति: २०२३-१२-१८ , समय : १७:३८:२३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्