भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

मिति: २०२३-१२-२० , समय : १२:०६:४८ , Our Pradesh

Our Pradesh

घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा दक्षिण अफ्रिकाले ८ विकेटको जित निकालेको छ। यससँगै सिरिजमा एक एकको बराबरी भएको छ।

 

घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारत ४६.२ ओभरमा २११ रनमै अलआउट भयो।

 

भारतका लागि साइ सुदर्शनले ६२ रन र कप्तानको भूमीकामा रहेका केएल राहुलले ५६ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।

 

बलिङमा दक्षिण अफ्रिकाका बर्गरले १० ओभरमा ३० रन खर्चिदै ३ विकेट लिए। हेनरिक्स र केशव महराजले २-२ विकेट हात पारे।

२१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा ४२.३ ओभरमा पूरा गर्‍यो।

दक्षिण अफ्रिकाका लगि टोनी जोर्जीले नटआउट ११९ रनको शतकीय पारी खेल्दा रीजा हेनरिक्सले ५२ रन जोडे।

प्रकाशित मिति: २०२३-१२-२० , समय : १२:०६:४८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्