दुहबी ६ मा सडक कालोपत्रे गर्ने कार्य तिब्रगतीमा

मिति: २०२३-१२-२० , समय : २०:२९:५३ , Our Pradesh

Our Pradesh

दुहबी, ३ पौष / दुहबी नगरपालीका वडा नम्बर ६का सडकहरु धमाधम कालोपत्रे गर्ने कार्य तिब्र गतिमा अगाडि बढेको छ। ओम शान्ति भवन देखि दक्षिण तर्फको २६० मिटर लम्बाइ र ७ मिटर चौडाइको सडक कालोपत्रे भएको हो । दुहबी नगरपालीकाको ७० लाख लागतमा बँगलामुखि निर्माण सेवाले उक्त कार्य गर्ने जिम्मा पाएको थियो । वडा नम्बर ६ का अध्यक्ष घनश्याम हलुवाइका अनुसार उक्त वडामा सडक बिस्तारको कार्य आफु अध्यक्ष मा निर्वाचित भए लगत्तै देखि पहल गरि धेरै सडकहरु कालोपत्रे र आर सि सि ढलान का काम हरु गर्न सकेको बताएका छन ।

बाकी काम सडक बिस्तार गर्न निरन्तर आफ्नो कार्यकाल भरि लाग्ने र वडालाइ सडकयुक्त , धुलोमुक्त बिकसित वडामा रुआन्तरण गर्ने लक्ष रहेको उनि बताउछन्। आज वडाको निर्माणाधिन सडकको निरिक्षण गर्न प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी , इन्जिनियर हरु र घन्श्याम हाल्वाइको टिम कार्यक्षेत्रमा पुगेको थियो ।

प्रकाशित मिति: २०२३-१२-२० , समय : २०:२९:५३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित