दुहबी ४ मा सन्चालन हुने फोहोर प्रशोधन केन्द्र लाइ तत्काल सन्चालन गर्न आबस्यक

मिति: २०२३-१२-२० , समय : २०:३३:५३ , Our Pradesh (सुलभ रिजाल)

Our Pradesh (सुलभ रिजाल)

भेन्चर वेस्ट टु इनर्जी का सन्चालक बिपुलराज पाण्डे र दुहबी नगर प्रमुख बेद गच्छादार, प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसी, वडा अध्यक्ष हरु, बिभागिय प्रमुख हरु सहितको टोली द्वारा दुहबी ४ मा सन्चालन हुने फोहोर प्रशोधन केन्द्र लाइ तत्काल सन्चालन गर्न आबस्यक प्रोक्युरमेण्ट सिस्टम को सहजिकरण गर्ने, बैकल्पिक उर्जा प्रबर्धन केन्द्र सग प्राबिधिक सहजिकरण गर्ने, सार्बजानिक खरिद प्रकृया लाइ आवस्यक कागज पत्र सहितको अन्य भौतिक पुर्वाधार र मेशिनरी उपकरकरण सम्बन्धि अगाडि बढ्ने , सम्बन्धिमा बृहत्तर छलफल भएको छ।     

 

नगर प्रमुख ले जतिसक्दो चाडो दुहबीमा १३० टन क्षेमताको आधुनिक मेशिन , उपकरण सहितको प्रशोधन केन्द्र सन्चालनमा आउनु पर्ने र यस्का लागी भेन्चर लाइ आबस्यक सहयोग गर्न नगरपालीका प्रतिबद्द रहेको जनाए । भेन्चर टु इनर्जीले यो प्रोजेक्ट सुरु गरेपछि दुहबी नमुना पालीका तर्फ उन्मुख रहने छ्। केहीले रोजगारी पाउने छन भने धेरैले ब्यावसाय सन्चालन गर्ने अवसर समेत पाउने भएका छन्। दैनिक ६ सय केजि बायो गास उत्पादन हुनेहुदा सिटिसफारी, टेम्पो र बस हरुलाइ समेत इन्धनमा सहुलिएत हुने छ भने यात्रुहरुलाइ भाडादर समेत सस्तो पर्ने छ।

दैनिक सेगृगेट हुने हुदा दुर्गन्द रहित , बातानुकुल समेत हुनेहुदा मल को रुपमा समेत प्रयोग गर्न कम्पोस्टमल सस्तोमा कृषकले पाउने छन । ज्वाइन्ट पालिका स्तरिय फोहोर ब्यावस्थापन का लागी, दुहबी, बुढीगँगा , बिराटनगर, इनरुवा सम्म का पालीका को फोहोर हरु भेलागरी प्रशोधन केद्र सन्चालन गर्ने लक्ष दुहबी नगरपालीकाको रएको छ्।

प्रकाशित मिति: २०२३-१२-२० , समय : २०:३३:५३ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित