पुष ०८ गते आईतबारको तपाईको दैनिक राशिफल
मिति: २०२३-१२-२४ , समय : ०६:२३:१५ , Our Pradesh
मिति: २०२३-१२-२४ , समय : ०६:२३:१५ , Our Pradesh
Our Pradesh
आज मिति वि.सं.२०८० पुष ०८ गते आईतबार ई.सं.२०२३ डिसेम्बर २४ नेपाल सम्बत ११४४ थिंलाथ्व त्रयोदशी,नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, मार्ग शुक्ल त्रयोदशी, चन्द्रमा वृष राशिमा, कृत्तिका नक्षत्र,सिद्ध योग,कौलब करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५१ बजे, सूर्यास्त साँझ ०५: १४ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिने समय छ । तर, अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ, सचेत रहनुहोला । कमजोरी ढाकछोप नगर्नु हितकर हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । मिठो भोजन प्राप्त होला । आमोदप्रमोदको भाव जागृत हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । मित्रता र प्रेमको बन्धन कसिने समय छ भने पठनपाठनसम्बन्धी कार्यमा पनि प्रगति होला । दाम, इनाम र प्रतिष्ठा कमाउने अवसर जुर्ला । प्रतिभा प्रदर्शन गरेर धेरैको ध्यान खिच्न सकिनेछ । तपाईंको विचारलाई धेरैले कदर गर्नेछन् । नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ । पारिवारिक सुख र उत्साह बढ्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): केही खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । व्यापार तथा उद्योगतर्फ लगानी बढाउन सकिनेछ । स्वास्थ्य सामान्य कमजोर रहला । लेखपढ तथा अध्ययनमा मन लाग्नेछ । पहिलेको उपलब्धिले काममा उत्साह जगाउला । सहयोगी नै प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्, सचेत रहनुहोला । यात्रागत कार्य सफल हुने योग छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सचेत रहनु हितकर होला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना रहेकोले व्यवहारमा सजगता अपनाउनुहोला । इर्षया गर्नेहरुले फसाउन सक्छन् । काममा गोपनीयताप्रति ध्यान दिनुहोला । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । शत्रुपक्ष परास्त हुनेछ । भ्रमणमा रुचि बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विभिन्न अवसर प्राप्त हुने योग रहेपनि आजको दिन बलजफ्तीले काम बिग्रन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने विवादले मन खिन्न तुल्याउन सक्छ । आफन्तजनको सहयोग रहनेछ, जसबाट विशेष फाइदा पनि हुन सक्छ । खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । पारिवारिक सुख रहला ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ भने मेहनतले नाम, दाम र इनाम हातपार्न सकिने योग छ । व्यवहारिक झमेला आइलाग्न सक्छन् । तर अप्ठ्यारो परिस्थितिमा पनि आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
दीगो आम्दानी हुने काम सुरु गर्ने समय छ । इच्छाशक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । आजको दिन पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइएला । नयाँ व्यापार–व्यवसाय विस्तार हुनेछ भने आध्यात्मिक कार्यमा खर्च हुन सक्छ । अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ । आरोग्यता रहनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ, तर बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा परिएला । विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला । स्वास्थ्यप्रति सजगता अपनाउनु हितकर हुनेछ । सञ्चित धनको हानी नोक्सानी हुनसक्ने योग रहेकोले आर्थिक लेनदेनमा सजगता अपनाउनु उचित हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन् । बोलीकै भरमा काम सम्पादन गर्ने समय छ । प्रेम र मित्रताको गाँठो कसिन सक्छ । धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर होला । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहेला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): व्यस्तता बढ्नेछ । नयाँ कार्ययोजना र नयाँ कामको लागि उत्तम समय छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । ब्यापारबाट राम्रै लाभ हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नु हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम वृद्धि हुनेछ । हिम्मतले काम लिने समय छ । पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ । मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । आज केही खर्च बढ्न सक्छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): श्रमको उचित मूल्यांकन हुने समय छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । महत्त्वपूर्ण काममा सफलता मिल्ने तथा आकस्मिक धनको लाभ हुने योग छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्
प्रकाशित मिति: २०२३-१२-२४ , समय : ०६:२३:१५ , १ वर्ष अगाडि