बालेन्द्र साहविरुद्ध प्रर्दशन

मिति: २०२३-०३-२७ , समय : १४:१५:४८ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ ।

संविधान र कानुन विपरित सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर साहविरुद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माईतीघर मण्डलासम्म ¥यालीसहितको विरोध प्रर्दशन गरिएको हो ।

आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जनाएको छ ।

उनिहरुले संविधान, कानुन विपरित भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिएका छन् ।

विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, झुटा मुद्धा खारेज गर्नुपर्ने माग राखेका थिए ।

 

प्रकाशित मिति: २०२३-०३-२७ , समय : १४:१५:४८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित