पुष १० गते मंगलबारको तपाईको दैनिक राशिफल

मिति: २०२३-१२-२६ , समय : ०७:३३:०८ , Our Pradesh

Our Pradesh

आज मिति वि.सं.२०८० पुष १० गते मंगलबार ई.सं.२०२३ डिसेम्बर २६ नेपाल सम्बत ११४४ थिंलाथ्व पुर्णिमा (उधौली पर्व र धान्य पुर्णिमा),नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, मार्ग शुक्ल पुर्णिमा, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र,शक्ल योग,विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५२ बजे भयो भने सूर्यास्त साँझ ०५: १६ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कर्मबल बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ, तर आजको दिन पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डा हुनसक्ने योग छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्नेछ । मातापिताका बारेमा चिन्ता बढ्ला । विश्वासपात्रले नै धोका दिन सक्छन् । यात्रामा भने सफलता प्राप्त हुनेछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन् । एक्लोपनाको अनुभूति होला । सामाजिक प्रतिष्ठामा कमी आउनुका साथै काममा विलम्ब र चुनौतीको सामना गर्नुपर्ला । पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटाव बढ्ने योग छ । प्रतिकुलताका बाबजुद शुभ कामको भावना वृद्धि हुनेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दौडधुप बढ्नेछ । समय चुनौतीयुक्त रहला । पारिवारिक समस्याहरू देखापर्नेछन् भने साझेदारीमा पनि विवाद पैदा हुन सक्छ । दाम्पत्य सम्बन्धमा चिसोपन आउला । तथापि, रसरागमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । नियमित कर्ममा केही परिश्रम बढ्ला ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अतिरिक्त आम्दानी बढ्ने समय छ । विशेषतः विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । दामपत्य सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय खासै अनुकल नरहन सक्छ रपनि नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिएला । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्ने योग छ । आफन्तजनसँग ठाकठुक पर्न सक्छ, सचेत रहनुहोला । स्वास्थ्यप्रति पनि विशेष सचेत रहनु हितकर होला ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई समय अनुकूल देखिएपनि स्वास्थ्यमा बाधा अनि काममा झमेला पर्न सक्ने दिन छ । आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । आजको दिन झुटा आरोप आइलाग्न सक्छन्, सचेत भइ व्यवहार गर्नुहोला । सहयोगीजनसमेत प्रतिस्पर्धामा उत्रिन सक्छन् । व्यवसायमा भने उन्नति नै हुनेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता वृद्धि हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्तिको लाभ हुने योग छ । विदेशयात्राको प्रयसमा हुनुहुन्छ भने कार्य सरलताका साथ अघि बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम बढ्नेछ । विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन् रपनि रोकिएका काम बन्न थाल्ने समय छ । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोच्ने शक्ति वृद्धि होला । कुरा काट्नेले प्रशंसा गर्न थाल्नेछन् । नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार–व्यवसाय विस्तार होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्ला । समयले साथ दिनेछ । मान महत्व वृद्धि हुनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सामाजिक प्रतिष्ठा बढ्ने र मानसम्मान पाइने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । विद्यार्थीहरूका लागि पनि विशेष उपलब्धिमूलक समय छ । सहयोगीको साथ राम्रै पाइनेछ । रसरागमाआकर्षण बढ्नेछ । यात्रामा सफलता हात पर्नेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । सन्तान पक्षबाट चाहिँ सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । आरोग्यता वृद्धि हुनेछ । सामर्थ्य विकसित होला । आफन्तको सहयोग प्राप्त हुनेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । मानसम्मान पनि पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन् । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ मिल्नेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयबल बढ्नेछ । आयआर्जनका स्रोत भेटिनेछन् तर बिनाकारण अनेक चुनौतीको सामना गर्नुपर्ला । व्यवसायमा सोचेभन्दा बढी नै सफलता मिल्ने योग छ । विभिन्न अवसरले पछ्याउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ ।

 

तपाईको दिन शुभ रहोस्

 

 

प्रकाशित मिति: २०२३-१२-२६ , समय : ०७:३३:०८ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्