पुष ११ गते बुधबारको तपाईको दैनिक राशिफल

मिति: २०२३-१२-२७ , समय : ०७:३६:२४ , Our Pradesh

Our Pradesh

आज मिति वि.सं.२०८० पुष ११ गते बुधबार ई.सं.२०२३ डिसेम्बर २७ नेपाल सम्बत ११४४ थिंलागा पारु, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण प्रतिपदा, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र,ब्रद्म योग,बालव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५२ बजे भयो भने सूर्यास्त साँझ ०५: १६ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पराक्रम र शुभता बढ्नेछ । इर्ष्यालुजनले अवरोध गर्न खोजेपनि काममा सोचेजस्तै सफलता मिल्ने समय छ । नयाँ ज्ञान प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र आर्थिक लाभ प्राप्त हुनेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम सम्पादन हुनेछन् । परोपकार र धार्मिक क्षेत्रमा गरिएको कर्म सार्थक रहला । आज कसैसँग सामान्य विवाद हुन सक्छ, संयमित व्यवहार गर्नु हितकर होला । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुहोला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): शुभता र आरोग्यपन बढ्नेछ । ऋण र शत्रुमाथि विजय प्राप्त होला । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कुनैपनि प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । समग्रमा दिन राम्रोसँग बित्नेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता बढ्नेछ भने रोकिएको काम बन्ने दिन छ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । वरिष्ठ व्यक्तित्वहरूबाट साथ-सहयोग मिल्नेछ । समय आर्थिक पक्षको सवालमा समय त्यति बलियो नभएपनि अवस्था सवल नै रहनेछ । आजको दिन कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु लाभप्रद होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभ समाचार प्राप्त हुनेछ । अनुकुलता र आयबल बढ्नेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउने समय छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल र सामर्थ्य बढ्नेछ । आर्थिक पक्ष सबल रहला । अध्ययन तथा अध्यापनमा पनि राम्रै प्रगति हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्न सक्छ, सावधानी अपनाउनुहोला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको खातिरदारीमा समय खेर जान सक्ने योग छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समाधान मिल्नेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): भाग्यबल बढ्नेछ । आजको दिन पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । मनोरञ्जनपूर्ण समय छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ हुनेछ ।अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । मिठो भोजन प्राप्त होला । विलासी काममा आकर्षण बढ्नेछ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिनको पूर्वार्द्धभन्दा उत्तरार्द्धमा अनुकूलता बढ्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । आजको दिन मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, ठोस निर्णयको प्रयास गर्नु उत्तम हुनेछ । यात्राको योजनामा हुनुहुन्छ भने त्यति सुखद नरहला । आरोग्यता रहनेछ । आजको दिन विशेष योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पारिवारिक सहयोग प्राप्त हुनेछ तर, आजको दिन कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग या दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । दिनको उत्तरार्द्धमा जोखिमप्रति ध्यान राख्नुपर्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिणाममुखी काममा लगानीको समय छ । आजको दिन नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । आरोग्यता र साहस बढ्ला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नु हुनेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आज पारिवारिक वातावरण तपाईंको अनुकूल हुने छैन र पनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रेमभाव बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहला ।Morang ,Rangeli sansari mandir साझेदारीको काम बन्नेछ ।

प्रकाशित मिति: २०२३-१२-२७ , समय : ०७:३६:२४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित