पुष १३ गते शुक्रबारको तपाईको दैनिक राशिफल
मिति: २०२३-१२-२९ , समय : ०७:४९:५६ , Our Pradesh
मिति: २०२३-१२-२९ , समय : ०७:४९:५६ , Our Pradesh
Our Pradesh
आज मिति वि.सं.२०८० पुष १३ गते शुक्रबार ई.सं.२०२३ डिसेम्बर २९ नेपाल सम्बत ११४४ थिंलागा द्धितीया, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण द्धितीया, चन्द्रमा कर्कट राशिमा,पुष्य नक्षत्र,वैधृति योग,गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५३ बजे भयो भने सूर्यास्त साँझ ०५: १७ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रेम र मित्रताको बन्धन कसिने समय छ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्नेछ, शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): विभिन्न अवसरले पछ्याउने समय छ । नयाँ काम प्रारम्भ हुनेछ भने आजको दिन नाम, दाम र इनाम हातपर्न सक्छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त होला । रमाइलो जमघटले आनन्द दिलाउनेछ । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लाभ होला । आज स्वास्थ्य भने अलिक कमजोर रहला । केही बाध्यतापूर्ण काममा जुट्नुपर्ने योग छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्यबल बढ्ने समय छ । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर जुट्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ, तर इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । रोकिएका काममा दोहोऱ्याएर गरे सफलता मिल्नेछ । आजको दिन परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ । आयबल बढ्नेछ । प्रतिष्पर्धीमाथि विजय प्राप्त हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कर्मबल बढ्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला । धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रयासरत काममा सफलता प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन अर्थ अभावले सताउन सक्छ । छरछिमेकमा असमझदारी बढ्ने योग छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । अरूका काममा समय खर्चनुपर्ला । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । मिठो भोजन प्राप्त हनेछ । व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दौडधुप बढ्नेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउलाने योग रहेकोले आजको दिन योजना गोप्य राखेर अघि बढ्नुहोला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । व्यापारमा ठूलो उपलब्धि हासिल गर्न नसकिएला । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिने समय छ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । दायित्व बढ्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्ति हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आजको दिन अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । धन तथा भौतिक वस्तु लाभ हुने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । नातेदारहरुसंग झैझगडा पर्न सक्ने योग छ । आर्थिक समस्या पनि पर्न सक्छ । आज सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । मीठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): व्यस्तता बढ्नेछ । आजको दिन नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिने समय भएकोले प्रशंसकहरू बढ्नेछन् । गरिरहेको काममा भने केहि समस्या पर्न सक्छ । तथापि, चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्
प्रतिक्रिया दिनुहोस्
प्रकाशित मिति: २०२३-१२-२९ , समय : ०७:४९:५६ , १ वर्ष अगाडि