भोलि मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रूप दिने ?

मिति: २०२३-०३-२७ , समय : १४:३५:३३ , आवर प्रदेश

आवर प्रदेश

बिराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन दलको बैठक मङ्गलबार बोलाउने समझदारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रूप दिन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार सो छलफलमा मन्त्रिपरिषद् विस्तारका लागि भोलि (मङ्गलबार) अपराह्न ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ ।

प्रकाशित मिति: २०२३-०३-२७ , समय : १४:३५:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित