पुष १४ गते शनिबारको तपाईको दैनिक राशिफल
मिति: २०२३-१२-३० , समय : ०८:३२:३६ , Our Pradesh
मिति: २०२३-१२-३० , समय : ०८:३२:३६ , Our Pradesh
Our Pradesh
आज मिति वि.सं.२०८० पुष १४ गते शनिबार ई.सं.२०२३ डिसेम्बर ३० नेपाल सम्बत ११४४ थिंलागा तृतिया, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण तृतिया, चन्द्रमा कर्कट राशिमा,अश्लेषा नक्षत्र,विषकुम्भ योग,विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५३ बजे हुनेछ भने सूर्यास्त साँझ ०५: १८ बजे हुनेछ । आज जन्म लिने बच्चा कर्कट राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ र विभिन्न भौतिक साधनहरू जुट्नेछन् । राम्रो अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । तर आज आफन्तको ज्यादा विश्वास गर्दा समस्या उत्पन्न हुन सक्ने योग छ । सन्तानका माध्यमबाट काम बन्ने सम्भावना छ । व्यस्तता वृद्धि हुनेछ । सृजनात्मक काममा सफलता मिल्ला । यात्रा सफल रहला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): समय मनोरञ्जनात्मक रहला । पराक्रमका बाबजुद काममा चुनौती देखिने र सहयोगीहरूले विपक्षीलाई साथ दिने सम्भावना पनि छ । खर्चको योग भए पनि विशेष प्रयासले लाभ मिल्न सक्छ । काममा अभिप्रेरित गर्नेहरू भेटिनेछन् र विभिन्न अवसरले पछ्याउने देखिन्छ । व्यापारमा फाइदा हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पुरानो समस्याले केही झमेला आइलाग्न सक्ने दिन छ । दाम्पत्य सम्बन्धमा शंका र असमझदारी बढ्ने समय छ, परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ । काम बिग्रने डरले सताइरहनेछ, धैर्य राख्नुहोला । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर ुहोला । प्रतिकुलताका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । कार्यशक्ति बढ्नेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आरोग्यबल बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रतिष्पर्धी एवम् इर्ष्या गर्नेहरूको मनोबल कमजोर भइ सकारात्मक नतिजा तपाईंको पक्षमा रहला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । सुख शान्ति बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन् । मनग्य धन आर्जन हुने समय छ । प्रतिभाले फाइदा दिलाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । अध्ययनमा राम्रो प्रगति हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ, आयआर्जन पनि राम्रै हुनेछ । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । बिछोडिएका परिवारजनसँग भेटघाट होला । प्रेमको सन्दर्भ अघि बढ्न सक्छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): कर्मबल वृद्धि हुनेछ । विलासी काममा आकर्षण बढ्नेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । सोचेको काम बन्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ल । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । हिम्मतले काम बनाउन सकिनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज अनावश्यक दौडधुपमा समय बित्न सक्छ । फाइदाका लागि योजनाहरू गोप्य राख्नु आवश्यक छ, ध्यान राख्नुहोला । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, विवेक लगाएर व्यवहार गर्नुहोला । सुख सुविधाको बस्तुमा खर्च होला । योजना र बजेट बनाइ कार्य गर्नु उचित रहनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): लाभ हुने काम प्रारम्भ गर्ने समय छ । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् । प्रेम र मित्रताको गाँठो कसिएला । दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्नु उचित रहनेछ । तार्किक क्षमताले सम्मान दिलाउनेछ भने साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण रहला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): काम देखाएर विशेष उपलब्धि हात पार्न सकिने समय छ । बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ । आजको दिन व्यवसायमूलक काममा राम्रै फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन पहिलेका कर्मको प्रतिफल पाइनेछ, साथै कामको चापबाट पनि फुर्सद मिल्ला । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ, ध्यान राख्नुहोस् । प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला । खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखापर्ने योग छ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । नयाँ आयस्रोतबर्द्धक काममा सफलता मिल्नेछ । रोकिएको काम बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): अधिकारका लागि केही संघर्ष हुन सक्ने तथा प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि आजको दिन बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारको आकर्षणले तपाईंका प्रशंसकहरू बढ्नेछन् भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिने समय छ । वार्तामा सफलता मिल्नेछ । शत्रुलाई जित्ने सामर्थ्य बढ्ला ।
तपाईको दिन शुभ रहोस्
प्रतिक्रिया दिनुहोस्
प्रकाशित मिति: २०२३-१२-३० , समय : ०८:३२:३६ , १ वर्ष अगाडि