पुष १७ गते मंगलबारको तपाईको दैनिक राशिफल

मिति: २०२४-०१-०२ , समय : ०८:५१:३२ , Our Pradesh

Our Pradesh

 

आज मिति वि.सं.२०८० पुष १७ गते मंगलबार ई.सं.२०२४ जनवरी ०२ नेपाल सम्बत ११४४ थिंलागा षष्ठी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण षष्ठी, चन्द्रमा सिंह राशिमा,पूर्व फाल्गुनी नक्षत्र,सौभाग्य योग,वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः५४ बजे भयो भने सूर्यास्त साँझ ०५ः२० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय चुनौतीपूर्ण छ । आज नयाँ कामको सुरुवात खासै राम्रो नहोला । मनमा दुविधा रहन सक्ने दिन छ । ब्यापारमा पनि घाटा सहनुपर्ला । सामाजिक काममा नाम रहने छ भने स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । मित्रभाव वृद्धि होला ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । वैवाहिक जीवन सुखी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने दिन छ । यात्राको योग रहेको छ । काम बन्नाले मन रमाऊला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । उत्साह बढ्नेछ । आफन्तको साथ मिल्ला ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला । मिष्ठान्न भोजनको अवसर आउनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन् । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज शत्रुले सताउने योग रहेकोले बोली र व्यवहारमा सतर्कता अपनाउनु हितकर होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्छ, विशेष सावधानीको दरकार छ । सवारीसाधनको प्रयोग एवम् खानपानमा ध्यान राख्नुहोला । आज अनावश्यक झमेलाबाट सकभर बच्ने प्रयास गर्नुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ । तपाईंको प्रतिभाको कदर होला । ठुला वा प्रतिष्ठित ब्यक्तिसँग पनि भेटघाट हुन सक्छ । अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । आरोग्यता बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहला ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । अल्झिएका काम पूरा हुनेछ । नयाँ साथीसंग चिनजान हुने तथा आज रमाइलो यात्राको योग पनि रहेको छ । आरोग्यता वृद्धि हुनेछ । धन मान महत्वमा कमी आउनेछैन । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ रहनेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज आकस्मिक रूपले धन आर्जनको अवसर मिल्ने देखिन्छ । खासगरी कृषिको कामबाट विशेष लाभ होला । टाढाको यात्रा हुने दिन छ । लेनदेको काम आज नगरेकै बेश होला । पाहुना आगमनको सम्भावना छ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्मबल बढेपनि स्वास्थ्य कमजोर हुने र अनावश्यक खर्च बढ्न सक्ने समय छ । खानपानमा विशेष सजक रहनु हितकर होला । दाम्पत्य जीवनमा खटपट र प्रेममा धोका हुन सक्छ । सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा हुन मुस्किल पर्ला । योजना र बजेट बनाइ कार्य गर्नु बेस हुनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): सोचेको काम समयमै गर्न नसकिए पनि आजको दिन लाभदायी नै रहला । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । मित्रजनको साथ-समर्थनका कारण मन हर्षित रहला । स्वास्थ्यका लागि आज आहारविहारमा विशेष सतर्क रहनु हितकर होला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहनेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सन्तोषजनक आर्जनका कारण परिवारजनका इच्छा पूरा गर्न सकिने समय छ । धन आर्जनका नयाँ बाटो पनि खुल्नेछन् । बैदेशिक क्षेत्रको लगानी फाइदै होला । पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ । आफन्तजन एवम् माता पितासँगको भेटघाटले मनमा उल्लास छाउनेछ । परिवारिक सुख बढ्नेछ । नियमकानूनले साथ दिने समय छ । दायित्व पूरा गर्नु हुनेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन कामहरु सजिलैसँग बन्नाले काममा जांगर थपिने देखिन्छ । रसरागको भाव वृद्धि होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । पारिवारिक सुख मिल्ने समय छ भने ब्यापारमा पनि फाइदाकै योग छ । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आजको दिन पेशागत रुपमा समस्या देखिन सक्छ । घरपरिवारमा केही मनमुटाव होला । वादविवादको सामना गर्नुपर्ने योग छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन गएपनि सफलता प्राप्त नहोला । उदासिनता बढ्न सक्छ । काममा अवरोध सिर्जना गर्नेहरु सक्रिय रहलान् । तथापि, साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।

 

तपाईको दिन शुभ रहोस्

प्रकाशित मिति: २०२४-०१-०२ , समय : ०८:५१:३२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित