पुष २० गते शुक्रबारको तपाईको दैनिक राशिफल
मिति: २०२४-०१-०५ , समय : ०८:०७:३१ , Our Pradesh
मिति: २०२४-०१-०५ , समय : ०८:०७:३१ , Our Pradesh
Our Pradesh
आज मिति वि.सं.२०८० पुष २० गते शुक्रबार ई.सं.२०२३ डिसेम्बर ०५ नेपाल सम्बत ११४४ थिंलागा नवमी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण नवमी, चन्द्रमा कन्या राशिमा,चित्रा नक्षत्र,अतिगंड योग,तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे भयो भने सूर्यास्त साँझ ०५: २२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पूर्वसावधानीको अभावले केही चुनौती झेल्नुपर्ला । आज तपाईंको कुरा काट्नेहरू सक्रिय रहलान् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । आगो तथा हातहतियारबाट सावधान रहनुपर्ने समय छ । आर्थिक सङ्कटबाट बच्न सावधानी अपनाउनुहोला । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कामको कदर भइ प्रतिष्ठा बढ्ने समय छ । व्यपार–व्यवसायमा पनि उन्नति होला । कला क्षेत्रमा रुचि बढ्नेछ । तथापि, कार्यालयको काममा संलग्न भएकाले अनावश्यक झमेलाको सामना गर्नुपर्ने दिन छ । कसैबाट अपमानित हुनसक्ने सम्भावनासमेत छ । रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । रचनात्मक काममा सफलता प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अल्झेको काम बन्नाले मन उल्लसित रहला । प्राविधिक काममा सफलता प्राप्त हुने दिन छ । आत्मविश्वास जाग्नेछ, वैदेशिक क्षेत्रको लगानी खेर नजाला । प्रशन्नता मिल्ने समय छ । आफन्त एवम् मित्रजनसँग भेट होला । पढाइमा भने खासै प्रगति हुने छैन । व्यस्तता बढ्नेछ । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । विरोधिपक्ष परास्त होलान् । मिठो भोजन मिल्नेछ । आनन्दमा वृद्धि होला । मनमा शान्ति छाउनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): केही चुनौती सामना गर्नुपर्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला । तथापि, सहयोगी हातहरू फेला पर्नेछन् । चोटपटकको योग रहेकोले आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आरोग्यता र आनन्दपन वृद्धि हुने समय छ । महत्वपूर्ण कामहरू बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु भेटिनेछन् । मनमा शान्ति छाउनेछ । परिवार एवम् मित्रजनसँग आत्मीयता बढ्नेछ । प्रेम प्रस्तावको पनि सम्भावना छ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने दिन छ । आर्थिक क्षेत्रमा लाभ हुने संकेत छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । आम्दानी बढ्न सक्छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ, साथै मिष्ठान्न भोजनको योग रहेको छ । विलासी काममा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आयबलका साथै दायित्व बढ्नेछ । रमाइलो भेटघाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढ्ने समय छ । व्यापारमा पनि सुधार आउनेछ । सन्तान पक्षबाट पनि सुख पाइनेछ । मनमा रहेको डर हटेर काममा उत्साह बड्नेछ । दाम्पत्यसुख बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उत्साहवर्द्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आउनेछ भने काम गर्न जाँगर चल्नेछ । खर्च भने वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन मध्यम खालको छ । परिश्रमअनुसार उपलब्धि पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् भने खर्चचाहिँ वृद्धि हुने योग छ । प्रतिष्पर्धीहरूको चलखेल बढ्न सक्ने समय भएकोले सावधानीका साथ कदम अघि बढाउनुहोला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दौडधुप वृद्धि हुनेछ । निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना रहेकोले होसियारी अपनाउनुपर्ने समय छ । तथापि, आज खर्चभन्दा कमाइ नै बढी होला । छरछिमेकबाट सरसहयोग प्राप्त होला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । रसरागमा आकर्षण बढ्ला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय शुभकारी छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । थालेका कामहरु सहजै बन्न सक्ने दिन छ । काममा मन जानाले चिताएको काम सहजै बन्ला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित होला । प्रेमबल वृद्धि हुनेछ । सुखसुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।
तपाईको दिन शुभ रहोस्
प्रतिक्रिया दिनुहोस्
प्रकाशित मिति: २०२४-०१-०५ , समय : ०८:०७:३१ , १ वर्ष अगाडि