पुष २१ गते शनिबारको तपाईको दैनिक राशिफल

मिति: २०२४-०१-०६ , समय : ०८:१३:३६ , Our Pradesh

Our Pradesh

पुष २१ गते शनिबारको तपाईको दैनिक राशिफल

 

आज मिति वि.सं.२०८० पुष २१ गते शनिबार ई.सं.२०२४ जनवरी ०६ नेपाल सम्बत ११४४ थिंलागा दशमी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष कृष्ण दशमी, चन्द्रमा तुला राशिमा,स्वाति नक्षत्र,सुकर्मा योग,वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे भयो भने सूर्यास्त साँझ ०५: २३ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।

 

 

 

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा जाँगर बढ्ने र मनमा खुशी मिल्ने समय छ । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ पुग्ला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा धनलाभ हुनेछ । प्रेमभाव र आरोग्यता वृद्धि होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

 

 

 

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन मध्यम खालको छ । कुरा काट्नेहरू बढ्नेछन् भने छरछिमेकमा सामान्य मनमुटाव बढ्ने देखिन्छ । हातहतियारबाट जोगिएर काम गर्नु हितकर हुनेछ । वादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर होला । परिवारजनमा असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । सन्तानसुख मिल्नेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

 

 

 

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आजको दिन हानी नै नभए पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । जागीरमा पनि समस्या देखापर्न सक्छ । राजनीतिमा बर्चस्व बढाउन सकिने छ । कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ । कार्यगति वृद्धि हुनेछ ।

 

 

 

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): व्यस्तता वृद्धि हुनेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । पाहुना आगमनको योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । सुख वृद्धि हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त होला ।

 

 

 

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आम्दानीको नयाँ श्रोत फेला पर्ने समय छ । आँटेका काम बन्नेछन् भने साथ–सहयोग पनि पाइनेछ । ठूला व्यक्तिको विश्वास जित्न सकिनेछ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापार–व्यवसायमा पनि लाभ हुने दिन छ । पराक्रम वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि होला ।

 

 

 

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन चुनौतीपूर्ण रहला । खर्च र हैरानी बढ्न सक्छ । अनावश्यक विवादमा पर्ने समय रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । सामाजिक मर्यादामा संकट, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

 

 

 

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन मिल्नेछ । आरोग्यता बढ्नेछ । मिठो भोजन पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

 

 

 

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सोचेका काममा सफलता मिल्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आज धनलाभको योग छ, साथै दिन खुशी साथ बित्नेछ । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । खर्च पनि बढ्नेछ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कर्ममा सफल साबित हुनुहुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

 

 

 

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय शुभदायी छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ भने टाढाको यात्राबाट केही अर्थ आर्जन पनि होला । परिवारमा खुशिको माहोल छाउने छ । पुरानो साथीसँगको भेटघाटले मन हर्षित रहला । रोकिएको काम बन्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ ।

 

 

 

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): कर्मबल बढ्नेछ र पनि दिन चुनौतीपूर्ण रहने देखिन्छ । अर्थहानी हुन सक्छ भने स्वास्थ्य पनि कमजोर रहला । काममा सफलता पाउन निकै मिहेनत गर्नुपर्ने योग छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । शत्रुमाथि चाहिँ विजय पाउनुहुनेछ । रसराग प्रेममा सफलता मिल्नेछ ।

 

 

 

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): नियमित कर्ममा सामान्य अवरोध आए पनि मानप्रतिष्ठा र सामाजिक मर्यादा अभिवृद्धि हुने दिन छ । अरुको काममा सघाउनुपर्ला, तर जश भने कमै मात्र मिल्ला । छरछिमेकमा केही असमझदारी बढ्ने योग भएकोले सन्तुलित व्यवहार गर्नु हितकर हुनेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । समग्रमा आजको दिन ठिकै रहला ।

 

 

 

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): स्वास्थ्यसम्बन्धी समस्याबाट मुक्त भइ नयाँ काममा ध्यान दिने समय छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ भने पढाइलेखाइमा पनि सफलता मिल्ने दिन छ । रसरागमा आकर्षण बढ्नेछ । भागदौड र जोखिम बढ्नेछ, तथापि समस्याको समाधान प्राप्त हुनेछ ।

 

 

 

 

तपाईको दिन शुभ रहोस्

प्रकाशित मिति: २०२४-०१-०६ , समय : ०८:१३:३६ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित