माघ ०१ गते सोमबारको तपाईको दैनिक राशिफल

मिति: २०२४-०१-१५ , समय : ०८:३२:१६ , Our Pradesh

Our Pradesh

आज मिति वि.सं.२०८० माघ ०१ गते सोमबार ई.सं.२०२४ जनवरी १५ नेपाल सम्बत ११४४ पोहेलाथ्व चतुर्थी, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष शुक्ल चतुर्थी, शतभिशा नक्षत्र, मकर संक्रान्ती, घ्यु चाकु खाने दिन, मकर स्नान आरम्भ, उत्तरायण आरम्भ हुने दिन । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:३० बजे हुनेछ ।

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): धनमाल हराउने र चिन्ता बढ्ने योग रहेको दिन छ । साथै स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । नसोचेको ठाउँमा खर्च हुन सक्छ । दायित्व बढ्नेछ भने यात्रा सफल रहला । मित्रजनको साथ प्राप्त हुनेछ ।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन उत्साहजनक समाचारले हर्ष बढे पनि चिताएको काम पूरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । तथापि, आफन्तमिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नति होला । विवाद बढ्ने योग रहेकोले संयमतापूर्ण व्यवहार गर्नु हितकर हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिने समय छ । नयाँ सवारी साधनप्राप्तिको योग पनि छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ भने सानै प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ । व्यापारका साथै यात्रामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्नेछ ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । अधुरा काम बन्ने एवम् नोकरी तथा राजनीतिमा सफल भइने योग छ । गुरुजनको विशेष सहयोग जुट्ने र मंगलमय काम सम्पादन हुने समय छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने दिन छ । प्रेमभाव वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ । आश्वासन दिएर झुक्याउनेहरूले भने सताउन सक्छन्, गोपनीयतामा ध्यान दिएर काम गर्नु हितकर हुनेछ । निश्चय भएको काम अचानक बिग्रन सक्छ, सचेत रहनुहोला । विश्वास गरेका व्यक्तिबाटै धोका मिल्न सक्छ । वादविवादको सामना गर्नु परे पनि नयाँकामका योजनाहरु बन्ने सम्भावना छ । रसरागको भाव वृद्धि होला ।

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): व्यापारमा सफलता मिल्ने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने समय छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन भने नियमित काममा पनि हैरानी बढ्न सक्छ । यसका बाबजुद विभिन्न अवसर जुर्नेछ । आगो र मेसिनरी सामग्रीबाट विशेष जोगिने प्रयत्न गर्नु हितकर होला । साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ भने सानातिना समस्याका बाबजुद दिन मनोरञ्जनपूर्ण रहनेछ । तपाईंका कामबाट अरुलाई पनि फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ भने धन आर्जनमा राम्रो दिन छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पराक्रम र आरोग्यता बढ्नेछ । नयाँ कामका स्रोत फेला पर्ने तथा नयाँ ज्ञान सिक्न सकिने समय छ । अप्रत्याशित लाभ होला । अध्ययन-अध्यापनमा पनि प्रगति हुनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । विशेष योजनाहरू बन्नेछन् । मनोरञ्जनपूर्ण दिन रहे पनि विशेष सावधान रहनुहोला । कर्ममा सफल साबित हुनुहुनेछ ।

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर होला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ । अनावश्यक झमेलामा पर्ने योग देखिन्छ । स्वास्थ्यका लागि खानामा सावधान रहनुहोला । इष्टमित्रको सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लगनशीलताले राम्रै उपलब्धि दिलाउने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिएला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । तथापि, पीडा दिनेहरु सक्रिय हुन सक्छन् सावधान रहनुहोला । आफन्तको साथ मिल्नेछ ।

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): सोचेभन्दा बढी नै लाभ हुने समय छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ भने मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । काममा मातापिताको सहयोग प्राप्त होला । राम्रो आर्जनका कारण सुख मिल्नेछ । शुभ समाचार प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ ।

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभता र सामर्थ्य वृद्धि होला । अरूलाई प्रभावित पारेर काम लिन सकिने दिन छ । आजको मिहेनत खेर जानेछैन । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहला । काममा मन जानेछ । सफलताको दर वृद्धि हुनेछ । पराक्रम वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि समस्याको समाधान प्राप्त हुनेछ ।

 

तपाईको दिन शुभ रहोस्

 

प्रतिक्रिया दिनुहोस्

 

प्रकाशित मिति: २०२४-०१-१५ , समय : ०८:३२:१६ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्