महर्षि मेंही कृषि सहकारी संस्था लिमिटेड रङ्गेलीको ११ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न

मिति: २०२४-०१-२१ , समय : २२:३६:१२ , पारस मण्डल

पारस मण्डल

  • महर्षि मेंही कृषि सहकारी संस्था लिमिटेड रङ्गेलीको ११ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ।

माघ ६ गत्ते शनिवार सहकारीलेे आफ्नैै खाद्यान्न अनाज भवनको प्राङ्गणमा उक्त कार्यक्रम आयोजित गरिएको थियो ।

साधारण सभामा आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार संस्थाले कुल ३ करोड ५९ लाख ८२ हजार १ सय २५ रुपैया लगानी गरेकाे छन। संस्थाले ९१ लाख १३ हजार ७ सय ६७ रुपैयाँ कूल आम्दानी गरी कुल खर्च ८७ लाख ८५ हजार ४ सय ६२ रुपैया गरेको छन ।

संस्थाले चालु आर्थिक वर्षमा ३ लाख २८ हजार ३ सय ५ रुपैया शुद्ध मुनाफा समेत गरेको छन । संस्थाले आगामी आर्थक वर्ष २०८०/०८१ मा १ करोड ६५ लाख लाख आम्दानी गर्ने गरी लक्ष्य लिएका छन ।

त्यसैगरी संस्थाले वित्तीय कारोबार सँगै स्थानीय कृषि क्षेत्रमा रहेका बिभिन्न समस्याहरु लाई सहजीकरण सँगै व्यवसायिकरण गर्ने गरी कृषकहरूले कृषि कार्य गर्दा लाग्ने सम्पूर्ण लागत तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन्।

हाल कृषकहरूले उत्पादन गरेका खाद्यान्न अनाजलाई कृषि मण्डी बजार को अवधारणा अनुसार खरिद बिक्री एबम् भण्डारण समेत गर्दै आएका छन् ।

संस्थाको बार्षिक प्रतिवेदन तथा प्रस्तावित कार्ययोजना संस्था का अध्यक्ष श्री अशेश्वर प्रसाद साह ले प्रस्तुत गरेका थिए । संस्थाका सचिब अमित कुमार यादवले स्वागत मन्तव्य दिएका थिए । उक्त संस्थाकाे ६ सय ७ जना शेयर सदस्य रहेको छ ।

संस्थाले रंगेली नगरपालिका , सुनवर्सि नगरपालिका लगायत धनपालथान गाउँ पालिका मा कृषि तथा व्यवसायिक क्षेत्रमा कारोवार गर्दे आइरहेको छन्।

उक्त भव्य समारोहका बिच दोसल्ला ओडाएर अबिर माला पुरस्कार सहित सस्थाले ५ जना जेष्ठ नागरिक सदस्य, ५ जना उत्कृष्ट बचतकर्ता, ५ जना उत्कृष्ट ऋणी, ३ जना उत्कृष्ट बाल बचतकर्ता र ७ जना कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । साथै २ जना युवा उद्यमीहरुलाई र संस्थाका कर्मचारीहरुलाई समेत सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

प्रमुख अथितिमा जिल्ला कृषि सहकारी संघ बेलबारी, मोरङ्ग का अध्यक्ष रविन्द्र आचार्य ज्युले पानसमा दियो बालेर महर्षी मेही को तस्बिरमा माल्यार्पन गर्दै साधारण सभाको उद्धाटन गर्नु भएको थियो ।

बिशिस्ट अतिथिमा रेडियो नेपाल, मोरङ्ग संवाददाता कुमोद अधिकारी सहित विभिन्न संघ संस्था तथा कार्यालयका प्रतिनिधिहरु गौराङ देव दास, कैलाश मण्डल, कुन्दन प्रसाद साह, कम्लेश्वर ठाकुर, बेदमनी घिमिरे, कमलेश मण्डल, सम्पतलाल साह, प्रमाेद चक्रवति, बिनोद कुमार यादव लगायतकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रम संचालन संस्थाका उपाध्यक्ष मिथिलेश अधिकारीले गरेका थिए भने संस्थाका अध्यक्ष अशेश्वर प्रसाद साहको सभापतित्वमा कार्यक्रम समपन्न भएको थियोे ।

प्रकाशित मिति: २०२४-०१-२१ , समय : २२:३६:१२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्