रंगेली आगलागीका पिडितहरुलाई भेटन पुगे मुख्यमंत्री कार्की
विशाल कुमार मण्डल
मिति: २०२४-०३-२७ , समय : २०:१८:३८ , विशाल कुमार मण्डल
मिति: २०२४-०३-२७ , समय : २०:१८:३८ , विशाल कुमार मण्डल
विशाल कुमार मण्डल
रंगेली । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रंगेली ३ स्थित बाबुसाहेव टोलमा भएको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
उनले स्थानिय सरकारकको सहकार्यमा अग्नि पिडित परिवारलाई जग्गा नभएको खण्डमा उपलब्ध गराउने बताएका छन् ।
मुख्यमंत्रीले छिटो भन्दा छिटो स्थानिय सरकारकै संयुक्त सहकार्य मा घर समेत निर्माण गर्ने बताए ।
प्रदेश सरकारले जिल्ला प्रशासन कार्यलय मार्फत परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर अनुगमन गरेको कार्कीले बताए ।
उक्त अनुगमनमा रंगेली नगरपालिका मेयर दिलीप वगडीया,उप मेयर भुमा पराजुली,वडा अध्यक्ष भरत प्रसाई , मोदराज घिमीरे,गोपालमान सिंह राजभण्डारी रामनारायण मण्डल,जगरनाथ मण्डल लगायत स्थानीय बुद्धीजीवी तथा राजनितिक दलका नेताहरुको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२४-०३-२७ , समय : २०:१८:३८ , १ वर्ष अगाडि