जेठ ११ गते शुक्रबारको तपाईको दैनिक राशिफल

Our pradesh

मिति: २०२४-०५-२४ , समय : ०७:११:५४ , Our Pradesh

Our Pradesh

आज मिति वि.सं.२०८१ जेठ ११ गते शुक्रबार ई.सं.२०२४ मे २४ नेपाल सम्बत ११४४ बछलागा पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण प्रतिपदा, चन्द्रमा वृश्चिक राशिमा अनुराधा नक्षत्र, शिव योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५:१० बजे भयो भने सूर्यास्त साँझ ०६:५१ बजे हुनेछ । 

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन गोपनीयतामा विशेष ध्यान दिएर काम गर्नुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही समस्या देखापर्न सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । यसका बाबजुद दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । अवसरको लाभ उठाउने प्रयत्न गर्नु हितकर हुनेछ । आफन्तसुख प्राप्त हुनेछ । रचनात्मकता बढ्नेछ । 

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । तथापि, नयाँ कामको सुरुवात खासै राम्रो छैन । अनावश्यक हैरानी बढ्न सक्छ । सभा-समारोहमा भाग लिने र मानसम्मान प्राप्तिको योग छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागको भावना वृद्धि होला । 

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्नेछ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा सुधार हुने समय छ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिएला । धन मान वृद्धि हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । 

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन राम्रै छ । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, साजसज्जाका काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । अरुको भरपर्दो साथ-सहयोग नमिलेपनि आफ्नै बल विवेकले काम बन्नेछ । 

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन केही चुनौतीयुक्त महसूस होला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सावधान रहनुहोला । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । तर कामको महत्वपूर्ण अवसर फुत्कने सम्भावना देखिन्छ, विचार राख्नुहोला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । 

 

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रतिभा देखाएर अवसर हातपार्न सकिने दिन छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छिनेछन् । धैर्यले काम लिने प्रयास गर्नुहोला । आरोग्यता बढ्नेछ । हासविलास, खेलकुद तथा भ्रमणमा आकर्षण बढ्नेछ । कार्यमा उच्चाधिकारीको साथ मिल्नेछ । 

 

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । पशु व्यवसायमा रहेका व्यक्तिलाई विशेष लाभ हुने समय छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ । 

 

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आयबल र समृद्धि बढ्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । दाम्पत्यजीवन सुखद रहला । रसरागमा रुचि बढ्नेछ । शुभ समाचार प्राप्तिको योग छ । स्वास्थ्यमा सुधार आउनेछ । समयले साथ दिनेछ । 

 

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): दिन सामान्य नै छ । कर्मबल बढ्नेछ । उद्योग तथा व्यापारमा केही फाइदा मिल्नेछ । स्वास्थ्य भने सवल नरहन सक्छ । विश्वास गरिएका सहयोगीजनले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । खर्च वृद्धि होला । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । रसरागमा आकर्षण बढ्नेछ । 

 

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्ला । तथापि, आजको दिन चिताएको काम पुरा नहुन सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुने योग छ । 

 

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दीर्घकालीन रूपमा लाभ मिल्ने काममा हात हाल्ने समय छ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत छ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । इष्टमित्र को साथ मिल्नेछ । सन्तानसुख बढ्नेछ । 

 

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्ने समय छ । चिताएको काम बन्ने देखिन्छ । धनलाभको योग छ । व्यवसायिक कार्यमा राम्रै फाइदा हुनेछ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका मिल्ला । दाम्पत्यसुख बढ्नेछ । सन्तानसुख प्राप्त हुनेछ । भोगविलासमा आकर्षण रहला । 

 

तपाईको दिन शुभ रहोस्

प्रकाशित मिति: २०२४-०५-२४ , समय : ०७:११:५४ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्