कान्तिपुर पब्लिकेशनको कार्यालयमा सुरक्षा गार्ड मृत फेला परेका छन।

विशाल कुमार मण्डल

मिति: २०२४-०५-२९ , समय : १५:२२:१२ , विशाल कुमार मण्डल

विशाल कुमार मण्डल

रंगेली । कान्तिपुर कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका हुन्। मोरङ बूढीगंगा गाउँपालिका ४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका ९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेका छन्। बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेरेका थिए । उनी झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कोठाभित्रबाट चुक्कुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुण्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति: २०२४-०५-२९ , समय : १५:२२:१२ , ११ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित