दक्षिण कोरियाली टिभी सिरियल हेरेको भन्दै ३० भन्दा धेरै बच्चालाई मृत्युदण्ड

मिति: २०२४-०७-१५ , समय : १७:१२:५१ , Our Pradesh

Our Pradesh

प्योङयाङ । उत्तर कोरियाको तानाशाहबारे नसुन्ने मान्छे त कमै होलान् । आफ्ना शत्रुहरूसँग उनको रिस यति भयानक हुन्छ कि कुनै हालतमा तिनीहरूको प्रशंसा सहन सक्दैनन् ।हालै मात्र उत्तर कोरियाका शासक किम जोङ उनले दक्षिण कोरियाली र अमेरिकी टिभी शोजहरू हेरेको भन्दै ३० भन्दा बढी बालबालिकालाई मृत्युदण्ड दिएका छन् ।

यही वर्षको सुरुमा किमले दक्षिण कोरियालाई आफ्नो सबैभन्दा ठुलो शत्रु घोषणा गरेका थिए । उत्तर कोरियामा दक्षिण कोरियाली टिभी कार्यक्रम हेर्नु र गीत सुन्नु अपराध हो ।उत्तर कोरियामा दक्षिण कोरियाली टिभी सिरियल र कार्यक्रमहरू प्रसारण हुँदैन । केही तस्करले लुकीचोरी पेन ड्राइभमा महँगो मूल्यमा बालबालिकाहरूलाई यस्ता प्रतिबन्धित टिभी सिरियलहरू बेच्ने गरेका छन् । हालै दक्षिण कोरियाली मिडिया चोसुन टिभी र कोरिया जोङआङ डेलीले एउटा रिपोर्ट तयार गरेका थिए ।

 

प्रकाशित मिति: २०२४-०७-१५ , समय : १७:१२:५१ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्