प्रहरीको भ्यान पल्टिँदा ३० जना प्रहरी घाइते, पाँच जना गम्भीर

मिति: २०२४-०७-१८ , समय : ०९:४१:३१ , राम शर्मा

राम शर्मा

विराटनगरको  भट्टीमोडमा नेपाल प्रहरीको गाडी पल्टिँदा ३० जना प्रहरी घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर छ।  बुधबार साँझ ड्युटीबाट क्याम्पमा फर्कँदै गर्दा विराटनगर रानी क्षेत्रको भट्टीमोडमा  कोशी प्रदेश प्रहरी तालिम केन्द्रको ‘टु टन’ भ्यान पल्टिँदा ३० जना प्रहरी घाइते भएका हुन् ।  घाइते हुनेहरु धेरै प्रहरी जवान छन्।

घाइते  प्रहरीहरुको  विराटनगरस्थित कोशी , न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए। दिउँसो सुरक्षा डियूटी सकेर उनीहरु साँझ भ्यानमा चढेर तालिम केन्द्रमा फर्कँदै गर्दा विद्यार्थी बोकेर  विपरित दिसाबाट आइरहेको स्कुल बसलाई जोगाउन खोज्दा प्रहरी चढेको भ्यान पल्टेर दुर्घटना भएको थियो ।  

प्रकाशित मिति: २०२४-०७-१८ , समय : ०९:४१:३१ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित