धनपालथानका जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण

हामी धनपालथानका जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउन चाहन्छौं कि कृपया तपाईंहरू आफ्नो कर्तव्यबाट पछि नहट्नुस्। तपाईंहरूको उदासीनता र बेवास्ताले गाउँ र नगरहरूको विकासमा बाधा पुर्‍याइरहेको छ।

मिति: २०२४-०७-१९ , समय : ०८:४७:४१ , देवनारायण शर्मा

देवनारायण शर्मा

धनपालथानका जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण

हामी धनपालथानका जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण गराउन चाहन्छौं कि कृपया तपाईंहरू आफ्नो कर्तव्यबाट पछि नहट्नुस्। तपाईंहरूको उदासीनता र बेवास्ताले गाउँ र नगरहरूको विकासमा बाधा पुर्‍याइरहेको छ।

जनप्रतिनिधिको रूपमा, तपाईंहरूको कर्तव्य जनताको आवाज सुन्नु, उनीहरूको समस्यालाई बुझ्नु, र समाधानका लागि प्रभावकारी कदम चाल्नु हो। यदि तपाईंहरूले यो कार्य गर्न सक्नुहुन्न भने, तपाईंहरूको पदमा बस्ने कुनै नैतिक अधिकार छैन। तपाईंहरूलाई तलब र सेवा सुविधा दिनुको अर्थ जनताको सेवा गर्नु हो, न कि उनीहरूलाई उपेक्षा गर्नु।

जनताले तपाईंहरूलाई जिम्मेवारी सुम्पेको छ, त्यसैले आफ्नो पदको गरिमा राख्नुहोस् र जनताको हितमा काम गर्नुहोस्। आज हामीलाई धनपालथानबाट धेरै नै जनगुनासो आएको कारणले तपाईंहरूको ध्यानाकर्षण गराउन यो पत्र लेखेका छौं। जनताको आवाजलाई बेवास्ता नगर्नुहोस् र तपाईंहरूको कर्तव्य पूरा गर्नुहोस्।

प्रकाशित मिति: २०२४-०७-१९ , समय : ०८:४७:४१ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित