रौतहटमा मुस्लिम समुदायको दाहा पर्व मनाउने क्रममा भएको झडपमा १९ सुरक्षाकर्मी घाइते भएका छन् ।

मिति: २०२४-०७-१९ , समय : ११:०४:०८ , Our Pradesh

Our Pradesh

रौतहटमा मुस्लिम समुदायको दाहा पर्व मनाउने क्रममा भएको झडपमा १९ सुरक्षाकर्मी घाइते भएका छन्  घटना राजपुर नगरपालिका-६ कुडियामा भएको हो, जहाँ केही युवाहरू उच्छृङ्खल गतिविधिमा लिप्त भएपछि स्थिति बिग्रिएको थियो। प्रहरीहरूले माइकिङ गर्दै शान्त रहन आग्रह गरे तापनि युवाहरूले ढुंगा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएपछि स्थिति नियन्त्रणमा लिन १२० प्रहरी खटिएका थिए। प्रहरीले अश्रुग्याँस र हवाई फायर प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको थियो।

 

नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंको संयुक्त कमान्डमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रकाशित मिति: २०२४-०७-१९ , समय : ११:०४:०८ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्