त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाज दुर्घटना भएको छ । दुर्घटना भएको केही समयमै विमानमा आगो लागेको छ।

मिति: २०२४-०७-२४ , समय : १२:००:१९ , राम कुमार शर्मा

राम कुमार शर्मा

९ साउन,रङ्गेली। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भएको छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाज दुर्घटना भएको छ । दुर्घटना भएको केही समयमै विमानमा आगो लागेको छ।

बुधबार दिउँसो करिब ११ बजे पोखराका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवेबाट उड्ने क्रममा दुर्घटना भएको हो। विमानमा आफ्नै १९ जना प्राविधिकको टोली थियो।

दुर्घटना ग्रस्त विमानबाट पाइलटलाई सकुशल उद्धार गरेको छ। कुनै पनि प्रकारको क्षति नियन्त्रणका लागि त्यहाँ सुरक्षा निकाय अग्नि नियन्त्रण नेपाल प्रहरी र नेपाल सशस्त्र प्रहरी तथा सुरक्षाकर्मीहरु दुर्घटना भएको स्थानमा आइपुगेको छ। उद्धार कार्य समेत जारी रहेको छ।

जहाज उड्ने क्रममा दुर्घटना भएको हो। दुर्घटना भएको जहाज सूर्य एयरलाइन्स भएको जानकारी प्राप्त हुँदैछ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: २०२४-०७-२४ , समय : १२:००:१९ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित