कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन
मिति: २०२४-०७-२६ , समय : ११:५६:०६ , Our Pradesh
मिति: २०२४-०७-२६ , समय : ११:५६:०६ , Our Pradesh
Our Pradesh
कीर्तिपुर — कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको गएराति निधन भएको छ। नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले आवर प्रदेश लाई जानकारी दिए अनुसार, मृगौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा उपचार भइरहेको थियो।
नकर्मीको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने श्रेष्ठले जानकारी दिएका छन्।
मेयर नकर्मी नेपाली काँग्रेसको तर्फबाट विजयी भएका थिए। उनले एमालेका रत्नकेशर बज्राचार्यलाई पराजित गरेका थिए। उनको निधनले नगरवासीहरूमा शोक छाएको छ।
प्रकाशित मिति: २०२४-०७-२६ , समय : ११:५६:०६ , ९ महिना अगाडि