विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १४ जनाको शव पहिचान**

मिति: २०२४-०७-२६ , समय : १५:१७:१७ , पारस मण्डल

पारस मण्डल

विमान दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १४ जनाको शव पहिचान

 

११ साउन, काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार, दिउँसो चारबजेसम्म शव दिने तयारीका साथ काम भइरहेको छ।

डा. चौधरीले आवर प्रदेश सँग भने, “आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा १४ वटा शवको लगभग पहिचान गरिएको छ।” बाँकी ४ वटा शवको डेन्टल एक्जामिनेसन रिपोर्ट पोजेटिभ आएसँगै आजै आफन्तलाई बुझाइने तयारी भइरहेको छ।

 

शवको पहिचान अन्तिम चरणमा पुगेको र आजै सबै शवहरू सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिने जानकारी दिइएको छ।

प्रकाशित मिति: २०२४-०७-२६ , समय : १५:१७:१७ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्