त्रिशूलीमा हराइरहेको बस खोज्न आएको भारतीय उद्धार टोलीलाई आइतबार बिदाइ गरिँदै

मिति: २०२४-०७-२८ , समय : १०:२०:३४ , Our Pradesh

Our Pradesh

त्रिशूलीमा हराइरहेको बस खोज्न आएको भारतीय उद्धार टोलीलाई आइतबार बिदाइ गरिँदै

भरतपुर महानगरको सिमलतालमा असार २८ गते आएको पहिरोले त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराइरहेको बस खोज्न भारतबाट आएको राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडिआरएफ) लाई आइतबार बिदाइ गर्ने तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, आइतबार जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ जसमा अहिलेसम्म भएका कामहरूको समीक्षा गरिनेछ। यादवले भने, “भारतीय टोलीको हालसम्मको प्रगति र प्रयोग भएका विधि/प्रविधि तथा अबको सम्भावनाको समीक्षा गर्नेछौं।” उनले नेपालको विपद् व्यवस्थापन, खोज तथा उद्धार कार्यमा गरेको योगदानका लागि धन्यवादसहित भारतीय टोलीलाई बिदाइ गरिने सम्भावना रहेको बताए।

 

असार २८ गते बिहान साढे ३ बजेतिर त्रिशूली नदीमा दुईवटा बस खसेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोलीले सोही दिनदेखि उद्धारको काम सुरु गरेको थियो। उनीहरुले नेपालमा उपलब्ध सबै प्रविधिको प्रयोग गरेर खोज गरिरहेका थिए।

सरकारले असार ३१ गते भारतसँग सहयोग मागेपछि, भारत सरकारले एनडिआरएफको १२ सदस्यीय टोली पठाएको थियो। साउन ५ गते भरतपुर आइपुगेका उनीहरुले भोलिपल्टदेखि नदीमा पुगेर काम सुरु गरेका थिए। शनिबारसम्म पनि बसबारे केही पत्ता नलागेपछि, उनीहरुलाई बिदा गर्न लागिएको हो।

प्रकाशित मिति: २०२४-०७-२८ , समय : १०:२०:३४ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्