पोखरा: स्कुल बस दुर्घटना, दुईको मृत्यु
पोखरा २१ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। दुर्घटनाबाट दुईको मृत्यु भएको छ ।
मिति: २०२४-०७-२९ , समय : १२:३२:३८ , राम कुमार शर्मा
मिति: २०२४-०७-२९ , समय : १२:३२:३८ , राम कुमार शर्मा
राम कुमार शर्मा
पोखरा २१ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। दुर्घटनाबाट दुईको मृत्यु भएको छ ।
सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस फुस्रेखोलाको घुम्तीबाट झण्डै ६० मिटर तल खसेको थियो । बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।
स्कुल बस दुर्घटनामा परी २ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।
घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
घाइतेहरूको नाम, उपचार हुँदै गरेको अस्पताल र घाइतेको अवस्था
गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरु :
१ जिल्ला कास्की पोखरा मनपा२१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बिक, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ५ को रोशन बराल, अवस्था मध्यम ।
३ ऐ.ऐ. रामदी बस्ने वर्ष १४ को दिप्सन कार्की, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ६ को योना गुरुङ, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १३ की डिना गुरुङ, अवस्था सामान्य ।
६ ऐ.ऐ. बस्ने वर्ष १५ की प्रकृती कार्की, अवस्था मध्यम ।
७ ऐ.ऐ. एकहाते बस्ने वर्ष ६ को प्रिन्स राना, अवस्था सामान्य ।
८ ऐ.ऐ. रामदी बस्ने वर्ष ७ की चिजा बिक, अवस्था सामान्य ।
९ ऐ.ऐ. बस्ने वर्ष ९ को प्रवेश कार्की, अवस्था मध्यम ।
१० ऐ.ऐ. बस्ने वर्ष १२ की विसिका पौडेल, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ११ को विश्वास पौडेल, अवस्था सामान्य ।१२ ऐ.ऐ. बस्ने अं। वर्ष ४र५ को प्रिन्स बिक., अवस्था चिकित्सकद्वारा मृत घोषणा मृत घोषीत ।
१३ ऐ.ऐ. एकहाते बस्ने वर्ष १२ की सिम्रन बिक, अवस्था मध्यम ।
१४ ऐ.ऐ. रामदी बस्ने वर्ष ११ को विवश खत्री, अवस्था मध्यम ।
१५ ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि।क।, ९ः४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।
पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु
१ जिल्ला कास्की पोखरा मनपा २१ बस्ने वर्ष ८ की अनन्या पौडेल, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ३ की सिमन मगर, अवस्था मध्यम ।
३ ऐ.ऐ. बस्ने वर्ष ३ को न्युजन मगर, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ७ को रिजन मगर, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १२ को रामकृष्ण नेपाली, अवस्था मध्यम ।६ ऐ.ऐ. बस्ने वर्ष २ को अंकित खत्री, अवस्था मध्यम ।
७ ऐ.ऐ. बस्ने वर्ष १४ की सितादेवी बिक, अवस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।
८ ऐ.ऐ. बस्ने वर्ष ७ को अस्मित बिक, अवस्था मध्यम ।
९ ऐ.ऐ. बस्ने वर्ष ३० की सुमित्रा सुनार, अवस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अभिभावक) ।
१० ऐ.ऐ. बस्ने वर्ष २ को निर्दोष सुनार, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ३० की सपना आले, अवस्था मध्यम, ९शिक्षक० ।
१२ ऐ.ऐ. बस्ने वर्ष ११ को निश्चल सुनार, अवस्था मध्यम ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइतेहरु
१ जिल्ला कास्की पोखरा मनपा १७ बिरौटा बस्ने वर्ष ५५ को टेक बहादुर भुजेल, अवस्था मध्यम, (बस चालक) ।
२ ऐ.ऐ. २१ रामदी बस्ने वर्ष ८ को निशान सुनार, अवस्था सामान्य ।
३ ऐ.ऐ. बस्ने वर्ष ५ को सागर थापा, अवस्था मध्यम ।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : १२:३२:३८ , ९ महिना अगाडि