कञ्चनपुरमा बाघले महिलाको ज्यान लियो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ की २६ वर्षीया हीरा शाहको बिहीबार बिहान बाघको आक्रमणमा मृत्यु भएको छ।

मिति: २०२४-०८-०२ , समय : १८:११:०७ , Our Pradesh

Our Pradesh

कञ्चनपुर, २ अगस्त – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ की २६ वर्षीया हीरा शाहको बिहीबार बिहान बाघको आक्रमणमा मृत्यु भएको छ।

स्थानिय स्रोतका अनुसार, हीरा शाह घर नजिकको खेतमा घाँस काटिरहेका बेला बाघले पछाडिबाट आक्रमण गरि उनलाई उखुबारीतर्फ तानेर लागेको हो। घटनामा उनले करिब ५० मिटर दूरी सम्म घसीटिएको पाइएको छ।

हीराको शव क्षतबिक्षत अवस्थामा दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

हीराका पति गोविन्द शाह हाल भारतको हिमाचल प्रदेशमा मजदुरी गर्दैछन्। पत्नीको निधनको खबर प्राप्त गरेपछि उनी तुरुन्तै घर फर्किन लागेका छन्। हीराको एक दुई वर्षे बालकलाई आमाको निधनको जानकारी दिने अवस्थाको कठिनाइ भइरहेको छ।

हीराका परिवारजन र माइती पक्षको दुःखःको बेला, स्थानीय प्रशासन र प्रहरी यो घटनाको अनुसन्धानमा जुटेका छन्।

प्रकाशित मिति: २०२४-०८-०२ , समय : १८:११:०७ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्