बसको ठक्करबाट साइकल यात्रीको मृत्यु, चालक नियन्त्रणमा
मिति: २०२४-०८-०४ , समय : १२:५३:४४ , पारस मण्डल
मिति: २०२४-०८-०४ , समय : १२:५३:४४ , पारस मण्डल
पारस मण्डल
रङ्गेली, मोरङ
विराटनगर-१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयको बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ। विद्यार्थी लिन जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरलाई बिहान ९:४५ बजेतिर ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका ठाकुरलाई रंगेली अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। प्रहरीका अनुसार बसमा विद्यार्थी थिएनन् र दुर्घटना बसको तीव्र गति र चालकको लापरबाहीका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-०८-०४ , समय : १२:५३:४४ , ८ महिना अगाडि