अर्निको कलेज बसको ठक्करबाट साइकलचालक को मृत्यु

धनपालथान ३ चेका पुल मा अर्निको कलेजको बसले साइकल चालकलाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ।

मिति: २०२४-०८-०४ , समय : १४:१६:१० , राम कुमार शर्मा

राम कुमार शर्मा

रङ्गेली । धनपालथान ३ चेका पुल मा अर्निको कलेजको बसले साइकल चालकलाई ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ।

आज बिहान ०९:३० बजे तिर विराटनगरको अर्नीको कलेजको को १ क १७०० नमबरको बसले विद्यार्थीलाई लिन रङ्गेलीतिर जाने क्रममा सोही दिशातिर जाँदै गरेको साइकललाई ठक्कर दिएर दुर्घटना भएको हो। घाइतेलाई उपचारको लागि रङ्गेली अस्पताल लगेको थियो। उपचारको क्रममा ५५ वर्षीय धनपालथान ३ निवासी जगन्नाथ ठाकुरको मृत्यु भएको रङ्गेली अस्पतालले जानकारी दिएका छन्।

प्रहरी असय दिनेश कटवालका अनुसार बसले साइकल चालकलाई ठक्कर दिएपछि १६६ फिट परसम्म घिसारेर लगेका थिए।

दुर्घटनास्थलमा बस र बस चालक ५४ वर्षीय लक्ष्मीप्रसाद अधिकारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखिएको छ। घटनाको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्सपेक्टर सन्तोष श्रेष्ठले बताउनुभयो

प्रकाशित मिति: २०२४-०८-०४ , समय : १४:१६:१० , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्