रङ्गेली  नगरपालिकाले बढाएको कर फिर्ता सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विज्ञप्ति

मिति: २०२४-०८-०६ , समय : १०:३५:३० , Our Pradesh

Our Pradesh

रङ्गेली  नगरपालिकाले बढाएको कर फिर्ता सम्बन्धमा राष्ट्रिय प्रजातन्त्र पार्टीको विज्ञप्त

रंगेली, मोरङ: रंगेली नगरपालिकाले विभिन्न शीर्षकमा करको दर बढाउँदै अत्यधिक कर वृद्धि गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी रंगेली नगर कार्यसमितिले गम्भीर ध्यानाकर्षण गराएको छ। देहायको शीर्षकमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, हालको आर्थिक मन्दीको गम्भीर समयमा गरिएको यस प्रकारको कर वृद्धिले स्थानीय जनतामा ठूलो असर पारेको छ।

रंगेलीको आफ्नै स्रोतमा जनता गरीबीको अवस्थामा रहेको र यस पालिकाका जनताहरुको आर्थिक अवस्था विचार नगरी गरिएको यो कर वृद्धि निकै असंवेदनशील र अव्यवहारिक रहेको बताइएको छ। व्यापार, किसान, उद्योगी तथा सर्वसाधारणलाई प्रभावित पार्ने गरी गरिएको यो निर्णय तत्काल फिर्ता गर्न पार्टीले माग गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी रंगेली नगर कार्यसमितिका नगर अध्यक्ष श्री देव प्रकाश मण्डलले भनेका छन्, “व्यापारिक वातावरण असहज बनेको, गरीब मजदुरहरूको अनियमित पेशा लगायत अन्य कारोवारहरू पनि सुचारू सञ्चालनको विपरित परिस्थितिमा यस्तो आत्मघाती निर्णय र कर तथा शुल्क निर्धारण नियम विपरीत कर वृद्धि गरिनु जनताप्रति गैरजिम्मेवार व्यवहार हो।”

यस कर वृद्धिको विरोधमा पार्टीले आवश्यक कदम उठाउने चेतावनी पनि दिएको छ। स्थानीय निकायले जनताको भावनालाई ध्यानमा राखी तुरुन्तै यो निर्णय फिर्ता गर्नुपर्ने माग गरिएको छ।

 

प्रकाशित मिति: २०२४-०८-०६ , समय : १०:३५:३० , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्